उत्तरी नाका बन्द हुँदाको पीडा

Read Time = 14 mins

✍️ श्रीमन नारायण

सुरुमा भूकम्पका बहानामा र विगत तीन वर्षदेखि कोरोना महामारीको बहानामा उत्तरी छिमेकी चीनले नेपालसित जोडिएका नाका बन्द गरेपछि हुम्ला, मुगु र डोल्पाका सीमावर्ती क्षेत्रका स्थानीयको रोजगारी गुम्नुका साथै चिनियाँ बाटो हुँदै आउने खाद्यान्न पनि रोकिएको छ । जडिबुटी र कृषिउपजको व्यापार पनि ठप्प भएको छ । यस्ता समस्या प्रायः सबैजसो सीमावर्ती जिल्लामा रहेको पाइन्छ । यी नाकाहरू खुलाउन नेपाली पक्षबाट पटक-पटक आग्रह गरिएको भए पनि चीनले टेरपुच्छर लगाएको छैन । एक प्रकारले चीनले नेपालप्रति अघोषित नाकाबन्दी लगाएको जस्तो देखिन्छ ।

केरुङ र खासा नाकालाई पूर्णरूपमा सञ्चालनमा ल्याउन नेपाली पक्षबाट बारम्बार आग्रह भएको देखिन्छ तर चीनबाट जवाफमात्र सकारात्मक आउने तर व्यवहार चाहिँ विपरीत देखिँदा नेपाल दुःखी हुनु स्वाभाविक हो । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ जनकांग्रेस अध्यक्ष लीलाई भदौ २९ मा ती नाका पूर्णरूपमा खोल्न आग्रह गर्ने अवस्था आउनु दुःखद् हो । उत्तरी नाका बन्द हुँदा नेपाली जनताले अनेकौँ पीडा भोगिराख्नु परेको छ । अवस्था तातोपानी र केरुङ नाकाको पनि दुःखद् नै छ । त्यो पनि निर्वाध रूपमा सञ्चालनमा आएको छैन ।
२०७२ असोज ३ मा संविधानसभाको बहुमतबाट संविधान जारी हुँदा त्यसबाट असन्तुष्ट मधेसी दलहरूले केही महिनाका निम्ति दक्षिणी सिमानाकामा धर्ना बसी नाकालाई अवरुद्ध पार्दा देशमा समस्या देखिएको थियो । भारतसितको नाकामाथि अब हाम्रो निर्भरता रहने छैन भने दाबी गर्दे तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ऐतिहासिक पारवहन यातायात सम्झौता गरे । त्यो सम्झौता सन् २०१९ मा राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणका बेला उनले नेपाल भूपरिवेष्ठितबाट भूजडित राष्ट्र भएको भनेका थिए । सिद्धान्ततः यो हो पनि तर सम्झौताका पाँच वर्ष र सी भ्रमणका तीन वर्ष पूरा भए पनि व्यवहारत पारवहन सम्झौता कार्यान्वयनमा आएको छैन । ओली फेरि सत्तामा आएपछि सन् २०२१ मा सातवटा सामुद्रिक र सुक्खा बन्दरगाह नेपालले प्रयोग गर्ने प्रोटोकलमा हस्ताक्षर भयो तर कार्यान्वयन हुनुको सट्टा नेपाल–चीन जोडने दुई व्यापारिक नाका रसुवागढी केरुङ र तातोपानी खासासमेत पूर्णरूपमा सञ्चालनमा आएका छैनन् । एक प्रकारले चीनले नेपालप्रति अघोषित नाकाबन्दी लगाएको जस्तो देखिन्छ । एमाले अध्यक्ष ओलीले ती नाका पूर्णरूपमा खोल्न, यातायात पारवहन सम्झौता कार्यान्वयन गर्न र बिआरआईअन्तर्गतका परियोजना पहिचानसहित अघि बढ्न आग्रह गरेकोमा लीले जावाफ सकारात्मक दिए तर त्यो कार्यान्वयनमा आएन ।

चिनियाँ नेताहरूसँगको दुई पक्षीय वार्तामा नेपालको आग्रहपश्चात् अथवा नेपालका नेताको चीन भ्रमण हुँदा र चिनियाँ नेताको नेपाल भ्रमण हुँदा दुई चार दिनका लागि नाकाको सञ्चालन हुन्छ तर अस्थायी प्रकृतिका सो सञ्चालन दुई चार दिनमै बन्द हुनपुग्ने गरेको छ ।

चिनियाँ नेताहरूसँगको दुई पक्षीय वार्तामा नेपालको आग्रहपश्चात् अथवा नेपालका नेताको चीन भ्रमण हुँदा र चिनियाँ नेताको नेपाल भ्रमण हँुदा दुई चार दिनका लागि नाकाको सञ्चालन हुन्छ तर अस्थायी प्रकृतिका सो सञ्चालन दुई चार दिनमै बन्द हुनपुग्छ । चीनले नेपालप्रति किन उदारता प्रदर्शन गर्न नसकेको भन्ने गम्भीर प्रश्नमात्र होइन, आक्षेप नै हो । कोरोना महामारी नियन्त्रण सफल उदाहरण बनेको, विश्वलाई खोप वितरण गरेको एवं विश्वलाई ऋण र आर्थिक सहयोग दिन सक्षम चीनले कोरोना देखाएर शान्त र स्वाधीन नेपालसँग चालु रहेको ती व्यापारिक नाकाबन्द गरिरहनु उचित भएन ।

नेपाल आउने सामान बोकेका सयौं कन्टेनर सामान नाकामा महिनौं रोक्ने, नेपाल सरकारको उच्च तहबाट खोलिदिन आग्रह गरेपछि केही समय खोल्ने वा अन्य तहबाट अधिकारीको नेपाल भ्रमणअघि र पछि खोल्ने गर्दा नेपालमा चीनप्रति नागरिकको विश्वास कमजोर भएको छ । जब केरुङ र खासा नाका नै पूर्णरूपमा सञ्चालनमा छैनन्, नेपाल र चीनबीच सहमति भएको हिमालय पार बहुआयामिक सम्पर्क सञ्जाल कहिले कार्यान्वयनमा आउँछ ? कोशी, गण्डकी र कर्णाली कोरिडोर त झन् टाढाको कुरा । हुम्लाबाट मात्रै वर्षेनी झण्डै पाँच हजार युवा मजदुरीका लागि तिब्बतको ताक्लाफाँट जाने गर्दथे । त्यहाँ उनीहरू ऊन केलाउने, इँटा बोक्ने, भारी बोक्ने, गाडीमा सामान लोड अनलोड गर्नेलगायत काम गरी कमाइ महिनामै एक लाखसम्म पुग्ने गर्दथ्यो । नाका बन्द भएका कारण ती युवा नेपालीलाई अहिले त परिवार पाल्न पनि मुस्किल भइरहेको छ । ताक्लाकोट जान नपाएपछि कर्जा लिएर जीविका चलाउनुपरेको छ । हुम्लामात्रै होइन मुगु, डोल्पा र हिमाली भेगमा अन्य सीमावर्ती जिल्लाको अवस्था पनि यस्तै छ । मुगुका स्थानीय बासिन्दा गलैँचा, छाला, बाँस, विभिन्न हस्तकलाका सामानसँगै मह, घ्यू, छुर्पी, खुर्सानीलगायत कृषिउपज बेच्न ताक्लाकोट पुग्थे ।

उत्तरबाट फर्कने बेलामा वर्षभरि पुग्ने खाद्यान्न र लत्ताकपडा पनि लिएर आउँथे । हुम्लाबाट वर्षनी पाँच हजार युवा मजदुरीका लागि ताक्लाकोट जाने गर्दथे तर कोरोना महामारीको नाममा नाका बन्द गरिएका कारण ती युवा बेरोजगार भएका छन् । ताक्लाकोट र मुगु-चीन सीमास्थित हयाजिमारमा लाग्दै आएको तिब्बती हाटबजारमा नेपालीहरूले आफ्नो उत्पादन बेच्ने र त्यहाँबाट खाद्यान्न, लत्ताकपडा र उपभोग्य सामान ल्याउने गर्दथे तर अहिले ५-६ दिन हिँडेर जिल्ला सदरमुकाम पुग्नुभन्दा स्थानीयस्तरमा जे पाइन्छ त्यही खाएर जीविकोपार्जन गरिरहेका छन् । नाका बन्द हुँदा हिल्साका ३५ पर्यटकीय होटल बन्द भएका छन् ।

मानसरोवर कैलाश जाने भारतीय तीर्थयात्रीले हिल्सा नाका प्रयोग गर्न थालेपछि हुम्लाका व्यवसायीले होटलमा लगानी गरेका थिए । त्यहाँ ५० लाखदेखि २ करोडसम्म लगानीका होटल छन् । कोरोनाका कारण र उत्तरी नाका बन्द हुँदा होटेल ठप्प भएका छन् । त्यहाँ झण्डै २५ करोड रुपैयाँ लगानी डुबेको मान्न सकिन्छ । हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नामग्याल तामाङका अनुसार तिब्बती नाका बन्द हुँदा हुम्लाको अर्थतन्त्र नै संकटमा परेको छ । नाका नखुल्दा हजारौंको रोजगारी गुम्यो, स्थानीय उत्पादनले बजार पाएन, पर्यटन व्यवसाय पनि धराशायी भएको छ ।

कोरोना महामारी अघि हुम्ला र चीनबीच वर्षेनी कम्तीमा पाँच अर्बको कारोबार हुन्थ्यो तर कारोबार शून्य भएपछि बैंकलाई करोडौं ब्याज सित्तैमा बुझाउनु परिरहेको दुःख तिनको रहेको छ । अवश्य नै यसले तिनको मनमा उत्तरी छिमेकी चीनप्रति नकारात्मक बन्नेछ । नाका बन्द भएका कारण समयमा चामललगायत खाद्यान्न र नुनको पनि अभाव हुने गरेको पाइन्छ । नुन चामल ल्याउन सिमकोट पुग्नुपर्ने हुन्छ । जहाँ होटलमा बाससहित प्रतिव्यक्ति ५ देखि ७ हजार रुपैयाँसम्म खर्च हुने गर्दछ । मानिसहरू त्यहाँ नुन ७५ र चामल ३ सय ५० रुपैयाँ प्रतिकिलो किन्न बाध्य छन् ।

नाकाबन्दले चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सामा पर्यटन व्यवसाय ठप्प छ । उत्पादन न्यून हुने भएकाले सीमावर्ती चिनियाँ बजारबाट खाद्यान्न र दैनिक उपभोग सामग्री खरिद गर्न स्थानीय मुगुवासी बाध्य छन् तर कोरोनाको बाहनामा नाका ठप्प हुँदा व्यापार व्यवसाय ठाप परेको छ ।

नाकाबन्दले चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सामा पर्यटन व्यवसाय ठप्प छ । उत्पादन न्यून हुने भएकाले सीमावर्ती चिनियाँ बजारबाट खाद्यान्न र दैनिक उपभोग सामग्री खरिद गर्न स्थानीय मुगुवासी बाध्य छन् तर कोरोनाको बाहनामा नाका ठप्प हुँदा व्यापार व्यवसाय ठाप परेको छ । नाका न खोल्दा सयौं युवा बेरोजगार छन् । गाउँमा रोजगारी नपाएपछि अधिकांश युवालाई घर खर्च धान्न समस्या भएको छ । सिमानाका खोल्न पटकपटक आग्रह गर्दा पनि वास्ता गरिएको छैन । वैशाखदेखि असोजसम्मको समय पर्यटक आउने र ताक्लाकोटमा व्यापार गर्ने सिजन हो । मानसरोवर कैलाशको दर्शन गर्ने समय पनि यही हो तर नाका नखुल्दा भारतीय पर्यटक आउन सकेका छैनन् । दुई देशको मित्रता कायम गर्न चीनले नाका खुलाउनुको विकल्प छैन । विसं २०७२ को वैशाखमा आएको भूकम्पको बाहनामा चीनले तातोपानी केरुङ नाका बन्द गर्‍यो । त्यसपछि आफनो इच्छा र राजनीतिक स्वार्थ पूर्ति हुने अवस्था आए नाका खोलिदिने अनि फेरि बन्द गरिदिने गर्दै आएको छ । विगत सात वर्षमा कहिल्यै निरन्तर रूपमा नाका सुचारु भएन । कोरोनाको बाहनामा झन् नाकालाई कडा परिएको छ ।

चीनमा पढ्ने नेपाली छात्रहरूलाई पनि उसले चीन छिर्न दिएन जसले गर्दा अनेकौंको भविष्य चौपट हुनेभएको छ । चीनजस्तो विश्वको ठूलो आर्थिक शक्तिराष्ट्रले नेपालप्रति सद्भाव सदासयता र सहयोगको भाव राख्नुपर्ने हो प्रतिशोधको भावना होइन । उसो त नेपालले चीनको प्रत्येक नीतिलाई समर्थन नै गर्दै आएको छ । नेपालका कतिपय चिनियाँ समर्थक राजनीतिज्ञ, राजनीतिक दल, विश्लेषक र विज्ञहरू यस विषयमा आफ्नो मुख खोल्न सकिरहेका छैनन् । नेपाली जनताले विगत सात वर्षदेखि यस्तो दुःख सहँदै आएका छन् । उत्तरी छिमेकी चीनले असल मित्रराष्ट्रको सम्मान जोगाउन सकेको छैन जुन सकोस् भन्ने ने पालीहरूको चाहना छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?