जापान समूह विजेता बन्दै नकआउटमा चरणमा प्रवेश

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जापान कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

खालिफा अन्तराष्ट्रिय स्टेडियममा बिहीबार राति स्पेनलाई २-१ गोल अन्तरले हराउँदै जापानले राउण्ड अफ १६ मा स्थान बनाएको हो ।

दोस्रो हाफको ६ मिनेटभित्र जापानले २ गोल गर्दै स्पेनलाई मात्र होइन, ४ पल्टको विश्व च्याम्पियन जर्मनीलाई पनि स्तब्ध पार्यो। समूह ‘इ’ अन्तर्गत बिहीबार राती भएको अर्को खेलमा जर्मनीले ४-२ गोलले कोस्टारिकालाई पराजित गरे पनि अन्तिम १६ मा प्रवेश पाउन सकेन।

जापान समूह विजेता बन्दै नकआउटमा प्रवेश गरेको हो । बिहीबार समूह चरणको अन्तिम खेलमा स्पेनलाई पनि उसले २–१ गोलले नै स्तब्ध पार्यो।

जापानको जितमा रित्सु दोवान र आवो तानाका हिरो सावित भए । स्पेनका लागि अल्भारो मोराटाले ११ मिनेटमा गोल गरेका थिए।

जापानले ३ खेलमा ६ अंक जोड्यो । पराजित स्पेनले ३ खेलमा ४ अंक जोड्यो । स्पेन पनि समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?