क्रोएसिया नकाआउट चरणमा, बेल्जियम विश्वकपबाट बाहिरियो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साविक उपविजेता क्रोएसिया कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा बेल्जियमसँग गोलरहित बराबरी खेक्दै क्रोएसिया अघिल्लो चरणमा प्रवेश गरेको हो।

अहमद अली बिन अली स्टेडियममा भएको खेलको निर्धारित समय दुवै टोलीले गोल गर्न सकेनन्। प्रतिस्पर्धात्मक खेलको अन्तिम समयसम्म दुवै टोली गोल गर्न तँछाडमछाड गरे पनि दुवैले गोल गर्न सकेनन्।

यस बराबरीसँगै क्रोएसिया समूह ‘एफ’ को उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गर्‍यो। उसले तीन खेलमा ५ अंक जोड्यो।

दोस्रो स्थानमा रहेको क्रोएसियाको ५ अंक छ । बेल्जियम ४ अंकका साथ तेस्रो तथा क्यानडा अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।

समूह ‘एफ’को निर्णायक खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको बेल्जियमको विश्वकप यात्रा टुंगिएको हो । सन् २०१८ को सेमिफाइनलिस्ट बेल्जियमले नकआउट चरण स्थान पक्का गर्न क्रोएसियालाई हराउनु नै पर्ने दबाब थियो । बेल्जियमसँग जितबाहेक अन्य विकल्प नै थिएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?