दोलखामा माओवादीका गंगा कार्कीको अग्रता, पछ्याउँदै एमालेका बालकृष्ण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । दोलखामा जारी मतगणनामा नेकपा (माओवादी केन्द्र) का गंगा कार्कीले अग्रता कायम राख्नुभएको छ । निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मत परिणामअनुसार कार्कीले ३ हजार २२४ मत पाउनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण सिवाकोटीले एक हजार ४७० मत ल्याउनुभएको छ ।

उहाँहरूबीचको मतान्तर एक हजार ७५४ रहेको छ । दोलखाका १० वटा मतदान केन्द्रमा बिहीबार मतदान भएको थियो । माओवादी केन्द्र दोलखाका संस्थापकमध्येका नेता कार्कीलाई गठबन्धनले अघि सारेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?