नेपाल र नामिबिया भिड्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आईसिसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय शृंखलामा नेपालले आज (शुक्रबार) घरेलु टोली नामिबियाविरुद्ध खेल्दैछ ।

वाईन्डरस क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ । शृंखलामा नेपालसहित आयोजक नामिबीया तथा स्कटल्यान्ड छन् ।

विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा छ । नामिबिया २७ खेलमा २७ अंक सहित चौथो स्थानमा छ ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले शृंखलामा तालिका सुधार गर्ने लक्ष्य बोकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?