बाजुरा । निर्वाचन भएको ११ दिनपछि सुरु भएको बाजुराको मतगणना फेरि रोकिएको छ।
मत पेटीकामा मुचुल्का भन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जनाकारी दिनुभयो ।
उहाँका अनुसार बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणना भइरहँदा मुचुल्का भन्दा ४० बढी मत पाइएको हो।
यसअघि आज बिहानसम्म प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता बनाइरहनुभएको थियो ।
पाण्डेले ५ हजार १०६ मत प्राप्त गर्दा एमालेका कर्ण थापाले ३ हजार९९४ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबीच १ हजार ११२ मतको अन्तर छ ।
यता प्रदेश सभामा २ भने कांग्रेसकै पदमबहादुर थापालाई पछि पार्दै एमालेका लालबहादुर थापा अघि बढ्नुभएको छ । शाहीले १ हजार २ मत पाउँदा थापाको १ हजार ३५२ मत छ । दुबैबीच ३५० को मतान्तर छ ।
प्रदेश सभा १ मा नेकपा एकीकृत समाजवादीका नरेश शाहीले सुरुवाती अग्रता बनाइरहनुभएको छ । उहाँलाई एमालेका बलदेव रेग्मीले पच्छाइरहनुभएको छ । शाहीको २ हजार ६६४ मत पुग्दा रेग्मीले १ हजार १२७ मत पाउनुभएको छ ।
रेग्मी १ हजार५३७ ले पछि पर्नुभएको छ । मंसिर ४ गते धाँधली भएको भन्दै रोकिएको मत गणना निर्वाचन आयोगको निर्णय पछि बिहीबार साँझबाट सुरु भएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका