खाद्य प्रविधि डिभिजन कार्यालय काभ्रेका प्रमुख झुण्डिएको अवस्थामा मृत फेला

Read Time = 1 min

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे कार्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

न्युज कारखानाका अनुसार शुक्रबार दिउँसो सवा १२ बजे कार्यालय भवनको चौथो तलामा झुण्डिएको अवस्थामा फेला परेका प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिनुभयो ।

हाल घटनास्थलमा मुचुल्का उठाउने कार्य भइरहेको समेत प्रहरी निरीक्षक घिमिरेले बताउनु यभो । मृतक घिमिरेको परिवार समेत घटनास्थलमा पुगिसकेका छन् ।

प्रहरीले मुचुल्का तयार उठाएपछि शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पताल लगिने प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?