दामोदर र प्रीतिको स्वरमा ‘चौंरी गाईको घ्यूले’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । गायक दामोदर भण्डारी र प्रीति आलेको स्वरमा रहेको लोकगीत ‘चौंरी गाईको घ्यूले’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच गीतको प्रिमियर गरी सार्वजनिक गरिएको हो । गीतमा दामोदरकै शब्द र संगीत छ । गीतमा संगीत संयोजन कृष्ण बिक (भान्जा)ले गर्नुभएको छ भने कुमार रानाले मिक्सिङ गर्नुभएको छ ।

गीतको भिडियोमा चार कलाकारको अभिनय देख्न सकिन्छ । लोमस शर्मा, विजय पुन, रुविना अधिकारी र जुनु एसडीले भिडियोमा अभिनय गर्नुभएको छ । अजय रेग्मीको छायाँकन रहेको भिडियोलाई काजिस श्रेष्ठले कोरियोग्राफी तथा निर्देशन गर्नुभएको हो ।

पत्रकार गोपिकृष्ण चापागाईंले सहजीकरण गरेको कार्यक्रममा बोल्दै गायक दामोदरले अहिले सार्वजनिक गीतलाई यसअघिको छुर्पी चौरी गाईंको गीतको भाग २ का रूपमा सार्वजनिक गरिएको बताउनुभयो । दामोदर दर्शक तथा श्रोताको रोजाइको गीत बन्नेमा विश्वस्त हुनुहुन्छ । कार्यत्रममा गायिका प्रीति आले भने अनुपस्थित रहनुभो ।

भिडियोका निर्देशक काजिसले भिडियो राम्रो बनाउनका लागि आफ्नो टिमले निकै मिहिनेत गरेको बताउनुभयो । उहाँले कलाकारदेखि आफ्नो प्रोडक्सन टिमको मिहिनेतका कारण भिडियो राम्रो बनेको प्रतिक्रिया दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?