काठमाडौं । वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय सम्झौता भएको छ । श्रम स्वीकृति लिई कतार गएका र संघ कतार शाखासँग आबद्ध नेपाली व्यवसायी र प्रवासी नेपाली कामदारको राहत, उद्धार, स्वदेश फिर्ता तथा पुनर्एकीकरणका लागि सहकार्य भएको सम्झौतापत्रमा विभागका महानिर्देशक उमाकान्त आचार्य, बोर्डका निर्देशक मैया कँडेल र संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईंले हस्ताक्षर गर्नुभएको छ ।
नेपालबाट श्रम स्वीकृति लिई गएका र कतारमा प्रवासी व्यवसायीका रूपमा रहेका नेपालीको आवतजावत सहजीकरणका लागि विभागबाट परिचयपत्र प्रदान गर्ने र नेपाली कामदारको उद्धार, राहत, स्वदेश फिर्ती तथा पुनर्एकीकरणका लागि तीनै पक्षले सहकार्य गर्ने सम्झौतापत्रमा उल्लेख छ ।
सम्झौताले वैदेशिक रोजगारमा जाने कामदारको हकहित संरक्षण, सुरक्षित वैदेशिक रोजगारसम्बन्धी आधिकारिक सूचना सम्प्रेषण, श्रम स्वीकृति उपलब्ध गराउने, कामदारलाई गन्तव्य मुलुकमा समस्या परेमा उद्धार, राहत प्रदान र वैदेशिक रोजगारीबाट फर्किएकाको पुनर्एकीकरणसम्बन्धी कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका