विश्व माटो दिवस सुरु

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

काठमाडौं । स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात भन्ने नाराका साथ नवौँ विश्व माटो दिवस साताव्यापीरूपमा मनाइने भएको छ । यस वर्ष विभिन्न सचेतनामूलक कार्यक्रम गरी माटो दिवस मनाइने आयोजक संस्था कृषि विभागले जनाएको छ । माटोको संरक्षण, संवद्र्र्धन र व्यवस्थापनबिना खाद्य तथा पोषण सुरक्षा, दिगो कृषि विकास, जैविक विविधता संरक्षण, प्रांगारिक कृषिकोे विकास नहुने भएकाले माटोको संरक्षण र संवद्र्धनमा जोड दिनुपर्ने आयोजकमध्येको एक नेपाल माटो समाजका महासचिव डा. लक्ष्मीप्रसाद विष्टले हिमालय टाइम्सलाई बताउनुभयो ।

विष्टका अनुसार नेपाललगायत विश्वमा नै माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रेको र माटोको उर्वराशक्तिमा ह्रास आउने क्रम दिनप्रतिदिन बढ्दै गएको छ । नेपालको माटोको स्वास्थ्यता बिग्रनुका प्रमुख कारण कम्पोष्ट मल, हरियो मलको प्रयोग न्यून गर्नु हो । माटोको उर्वराशक्ति घट्दो क्रममा रहनु विश्वव्यापीरूपमा चिन्ताको विषय बनेको छ । कार्यक्रम गत सातादेखि नै सुरु भएको र मूल समारोह आगामी सोमबार हुने विष्टले जानकारी दिनुभयो ।

कृषि विभागका अनुसार नेपालको खेतीयोग्य जमिनको ५० देखि ५५ प्रतिशत माटो अम्लिय प्रकृतिको, चारदेखि पाँच प्रतिशत क्षारिय र ४० देखि ४५ प्रतिशत माटोमात्र सन्तुलित प्रकृतिको रहेको छ । विभिन्न भागबाट माटोको नमुना परीक्षण गर्दा ४० देखि ४५ प्रतिशत माटोमा प्रांगारिक पदार्थको मात्रा न्यून देखिएको छ भने ४१ प्रतिशतमा मध्यम र १५ प्रतिशत अधिक रहेको पाइएको छ ।

नेपालमा खेती गरिने जमिनको ५६ प्रतिशत नाइट्रोजनको मात्रा न्यून, ३० प्रतिशतमा मध्यम र १४ प्रतिशतमा अधिक रहेको छ भने फस्फोरस तत्व ४२ प्रतिशत न्यून, २८ प्रतिशत मध्यम र ३१ प्रतिशत अधिक रहेको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?