पुसमा होटल अवार्ड हुने

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । नेपाल होटल अवार्ड २०२२ पुस ४ गते काठमाडौंमा हुने भएको छ । कोरोनाका कारण नेपालको होटल उद्योगमा परेको नकारात्मक प्रभाव न्यूनीकरण गर्न खुला नोमिनेसन र गोप्य तथा आधुनिक मूल्यांकन प्रक्रियाबाट होटल अवार्ड आयोजना गर्न लागिएको आयोजक रेन्डर बुकिङले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

अवार्डमा विभिन्न १५ विधा रहने आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज धितालले जानकारी दिनुभयो । महानायक राजेश हमालले नेपालका होटलको गुणस्तरबारेमा प्रश्न उठ्ने गरेकोमा अवार्डले होटलको वास्तविक मूल्यांकन हुने अपेक्षा गरिएको बताउनुभयो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?