आइएमईले सेयर जारी गर्ने

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । आइएमई रेमिट्यान्स कम्पनीको शुक्रबार काठमाडौंमा सम्पन्न २२औँ साधारणसभाले साधारण सेयर निष्कासनसम्बन्धी प्रस्ताव पारित गरेको छ । साधारणसभामा आइएमई ग्रुपका अध्यक्ष एवं संस्थापक चन्द्रप्रसाद ढकालले २३ वर्षअघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य एकदमै कठिन र चुनौतीपूर्ण रहेको भन्दै आमसेवाग्राहीबीच आइपिओसहित पहिलो पब्लिक रेमिट्यान्स कम्पनीका रूपमा आउन पाउँदा अत्यन्तै खुशी लागेको बताउनुभयो ।

आइएमई ग्रुपका सहसंस्थापक एवं प्रबन्ध निर्देशक हेमराज ढकालले प्रतिस्पर्धी बजारमा कम्पनीलाई अझै ऊर्जावान, पारदर्शी र व्यावसायिक दायरा फराकिलो बनाउन पब्लिकमा लगिएको बताउनुभयो । सो अवसरमा ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट एवं आइएमईका सञ्चालक सुमन पोखरेल, वित्त निर्देशक दीपक शर्मा र प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलको पनि उपस्थिति रहेको थियो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?