यस्तो छ तपाईंको मंसिर १७ गते शनिबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल मंसिर १७ गते शनिबार, ई.सं ३ डिसेम्बर, २०२२ । तिथि- मार्ग शुक्लपक्ष दशमी, नक्षत्र- उत्तरभाद्रपदा, योग- सिद्धि, करण- गर, चन्द्रराशि- मीन, सूर्योदयः ६ः४०, सूर्यास्तः १७ः०६ ।

मेष : योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्‍याउँलान् ।

वृष : बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

मिथुन : अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ ।

कर्कट : हतारको निर्णयले काम बिग्रनेछ ।

सिंह : ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ ।

कन्या : मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ ।

तुला : सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ ।

वृश्चिक : बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।

धनु : तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला ।

मकर : बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

कुम्भ : सुखद समाचारले उत्साह जगाउनेछ ।

मीन : अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?