कतार विश्वकप : नकआउट चरणका आज दुई खेल हुँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आजबाट प्रि–क्वाटरफाइनलका खेलहरू सुरु हुने भएका छन् ।

आज हुने पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । कलिफा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेदरल्यान्ड्स र अमेरिकाबीचको खेल नेपाली समय अनुसार ८ः४५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स विश्वकको क्वाटरफाइनलमा प्रवेश गर्ने योजनामा छ । नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै अन्तिम १६ पुगेको थियो भने अमेरिका समूह ‘बी’ को उप-विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । यता अमेरिका पनि आजको खेलमा जित निकाल्दै क्वाटरफाइनलमा आफूलाई स्थापित गर्ने योजनामा छ ।

यस्तै दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

उपाधि दाबेदार अर्जेन्टिना अष्ट्रेलियालाई हराएर क्वाटरफाइनलमा पुग्न चाहन्छ । अष्ट्रेलिया पनि अर्जेन्टिनालाई घर पठाउँदै अघि बढ्ने योजनामा रहेको छ ।

अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अष्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

यसैबीच, कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अर्थात् नकआउट चरणको समीकरण पूरा भएको छ । शुक्रबार राति भएको समूह चरणका अन्तिम ४ खेल सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टोलीको टुंगो लागेको हो ।

फिफाले विभाजन गरेको ८ समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् ।

नकआउट चरणमा भिड्ने टोली -

  • नेदरल्याण्ड्स विरुद्ध अमेरिका
  • अर्जेन्टिना विरुद्ध अष्ट्रेलिया
  • फ्रान्स भर्सेस पोल्याण्ड
  • इंग्ल्याण्ड भर्सेस सेनेगल
  • जापान भर्सेस क्रोएसिया
  • ब्राजिल भर्सेस दक्षिण कोरिया
  • मोरक्को भर्सेस स्पेन
  • पोर्चुगल भर्सेस स्वीजरल्याड

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?