क्यामरुनसँग पराजित ब्राजिल समूह विजेता बन्दै नकआउट चरणमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह जीचको अन्तिम खेलपछि ब्राजिल क्यामरुनसँग पराजित भएको छ ।

लुसैल स्टेडियममा शुक्रबार मध्यराति भएको खेलमा ब्राजिल क्यामरुनसँग १–० गोल अन्तरले पराजित भएको हो ।

खेलको इन्जुरी समयमा क्यामरुनका लागि भिन्सेन्ट अबोउबाकारले गोल गर्दै क्यामरुनलाई जीत दिलाए। यद्यपि क्यामरुनका लागि यो जीत अन्तिम १६ मा पुग्नका लागि पर्याप्त भएन।

क्यामरुनको जितमा भिसेन्ट अबुबाकरले गोल गरे । पराजित हुनका बाबजुद यसअघि नै नकआउट चरणमा पुगिसकेको ब्राजिल समूह जीको विजेता बनेको छ ।

यस्तै समूह जीबाट ३ अंक जोडेको क्यामरुन र मात्र १ अंक जोडेको सर्बिया बाहिरिएका छन्। योसँगै विश्वकप फुटबलअन्तर्गत अन्तिम १६ समीकरण पूरा भएको छ । समूह जीका खेल सकिएसँगै नकआउट समीकरण पूरा भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?