नेपालको दार्जिलिङ तानसेनमा ‘हृवाइट हाउस रिसोर्ट’

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 8 mins

पाल्पा । पाल्पाको तानसेनलाई नेपालको दार्जिलिङका रूपमा चिनिन्छ । यहाँ थुप्रै ऐतिहासिक पर्यटकीय, धार्मिक तथा पुरातात्विक सम्पदाहरू रहेका छन् । जसका कारण आन्तरिक तथा बाहृय पर्यटकहरूको पहिलो रोजाइ तानसेन बन्ने गर्दछ । यहाँ आउने पर्यटकहरूलाई लक्षित गरी साना, ठूला लगानीका थुप्रै होटलहरू सञ्चालनमा छन् भने केही खुल्ने क्रममा छन् । यही होटलहरूको भीडमा तानसेन नगरपालिका-७ बागवानीस्थित तम्घास-पाल्पा सडक खण्डको छेउमा सुविधासम्पन्न ‘हृवाइट हाउस ग्रिनफिल्ड रिसोर्ट सञ्चालनमा आएको छ । तीन दशक लामो पत्रकारिता क्षेत्रमा लाग्नुुभएका जीवलाल सुवेदीले ५० लाखको लगानीमा रिसोर्ट सञ्चालनमा ल्याउनुुभएको हो । उहाँले तानसेन आउने जुनसुकै स्तरका आन्तरिक तथा बाहृय पर्यटकहरूलाई लक्षित गरी रिसोर्ट खोल्नुुभएको हो ।

रिसोर्टमा अत्याधुनिक भवन निर्माण गरिएको छ भने रिसोर्ट वरपर उत्कृष्ट साजसज्जा गरिएको छ । त्यसैगरी टिकटक सेन्टर, रिसोर्ट वरपर हरियालीसमेत निर्माण गरिएको छ । १४ वटा कोठा भएको दैनिक ५० जना बास बस्न सक्ने रिसोर्टमा विभिन्न खानाका परिकार, सुविधायुक्त कोठा, तातोपानी, इन्टरनेटलगायत सुविधा रहेको रिसोर्ट सञ्चालक सुवेदीले बताउनुुभयो । तानसेनमा होटल भएर पनि आकर्षक दृश्य र मनोरञ्जनका लागि उचित स्थानको अभाव हुँदा त्यसको परिपूर्तिका लागि रिसोर्ट सञ्चालनमा ल्याइएको उहाँले बताउनुुभयो । सुवेदीले लामो समय तानसेन भगवतीटोलमा मनिका गेष्टहाउससमेत सञ्चालन गर्नुभएको थियो । उहाँले होटलबाट मात्र सम्पूर्ण ग्राहकहरूको चाहना परा गर्न नसकिने भएकाले ग्राहकहरूको चाहना र आवश्यकतालाई रिसोर्टबाट पूरा गरिने बताउनुुभयो । सुवेदीले भन्नुुभयो, ‘अहिले रिसोर्टको अझ केही भौतिक संरचना निर्माण हुन बाँकी छ, हामीले ग्राहकको चाहना र आवश्यकताअनुसार रिसोर्ट सञ्चालन गरेका छौँ ।’ ‘पाहुनालाई सुविधा र समुदायलाई आयआर्जनको अवसर दिने लक्ष्य हो,’ सञ्चालक सुवेदीले भन्नुुभयो । १५ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टले थप अर्गानिक कृषिसमेत गरेको छ ।

रिसोर्टमा परिवारसहित ६ जनाले रोजगारी पाएका छन् । अर्गानिक तरकारी, कुरिलोको रस, लोकल कुखुरा, हाँस, खसीको मासु, कोदो, फापरको ढिँडो, सिमीको दाल, मुलाको अचार, सिन्की र गुन्द्रुकलगायत परिकारलाई प्राथमिकता दिइएको सञ्चालक सुवेदीले बताउनुुभयो । तानसेनसँगै तम्घास–सडक खण्डको मुख्य राजमार्ग हुँदै गुल्मी, बागलुङ, अर्घाखाँची जाने पर्यटकहरूका लागि हृवाइट हाउस पहिलो रोजाइ बन्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । तानसेनमा थुप्रै ऐतिहासिक पर्यटकीय तथा धार्मिकस्थलहरू रहेकाले तिनीहरूको अवलोकन गर्न आउने पर्यटकहरूले आनन्द र रमणीय खोज्ने भएकाले पनि ‘हृवाइट हाउस’ सबैको रोजाइ बन्न सक्नेछ । तानसेनमा अमरसिंह थापाले निर्माण गरेको अमरनारायण कलात्मक मन्दिर, उजिरसिंह थापाले निर्माण गरेको रणउजिरेश्वरी भगवती मन्दिर, खड्ग शमशेरद्वारा निर्माण र प्रताप शमशेरद्वारा पुनर्निर्माण गरिएको पाल्पा दरबार, मूलढोका, विजयस्तम्भ, शित्तलपाटी, अण्डाकार टुँडिखेल मैदान, पश्चिमी शैलीमा निर्माण भएको त्रिभुवन बहुमुखी क्याम्पसको प्रशासकीय भवन, वीरेन्द्रपार्क, ढुंगा छापिएका सडक र गल्ली, पाल्पाली ढाका, करुवा उद्योग, श्रीनगरडाँडा, पारीलेक वन आदि यहाँका दर्शनीय स्थल एवं महत्वपूर्ण संरचनाहरू छन् । त्यतिमात्र होइन, तानसेनबाट १६ किमी उत्तरमा कालीगण्डकी नदीको किनारमा खड्ग शमशेरद्वारा रानी तेजकुमारी देवीको सम्झनामा निर्माण गरेको रानीघाट दरबार, पाल्पा कालभैरव मन्दिर र उक्त मन्दिरमा रहेको एसियाकै सबैभन्दा ठूलो पित्तलको त्रिशूल, पूर्वमा रम्भादेवी मन्दिर, दक्षिणमा प्रभास ताल र कोलडाँडाको सत्यवती ताल पनि यहाँका ऐतिहासिक स्थलहरू हुन् ।

सुवेदीले रिसोर्ट नजिकै फैलिएको आठ रोपनी क्षेत्रफलमा अर्गानिक कृषि व्यवसाय पनि गर्नुभएको छ । रिसोर्टमा आउने पाहुनाहरूलाई अर्गानिक तरकारी र फलफूल खुवाउने उद्देश्यले उहाँले केरा, मेवा, कुरिलो, खुर्सानीको खेतीसमेत गर्नुभएको छ । बाँझो रहेको जमिनलाई सुवेदीले हराभरा बनाउनुका साथै कृषि र रिसोर्ट व्यवसायमा परिणत गर्नुभएको छ । यहाँको १५ रोपनी जग्गा लिजमा लिई उहाँले रिसोर्ट र कृषि व्यवसाय गर्नुभएको हो । यहाँ पाँच सय बिरुवा केरा, पाँच सय बिरुवा मेवा र पाँच सय बिरुवा कुरिलो लगाइएको छ ।

उहाँको कृषि व्यवसाय हेर्न पुग्ने जोकोही लालायित हुने गर्दछन् । सुवेदीले आफ्नो घर तिनाउको मस्यामा पनि टिमुर खेती गर्नुभएको छ । व्यवसायसँगै सामाजिक सेवामा लाग्नुुभएका सुवेदीलाई श्रीमती सरु सुवेदी र उहाँका छोरीहरूले साथ दिएका छन् । सुवेदी होटल व्यवसायी संघ पाल्पाका वरिष्ठ उपाध्यक्षसमेत हुनुुहुुन्छ । उहाँले समाजमा रहेका विकृति विसंगतिको अन्त्य गर्ने र वातवारण स्वच्छ, सफा राख्नुपर्छ भन्ने उद्देश्यले कुचो अभियान समेत चलाउँदै आउनुुभएको छ । सुवेदीले मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पाल्पा क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारीसमेत दिनुुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?