सर्वियालाई हराउँदै स्वीजरल्याण्ड नकआउट चरणमा प्रवेश

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह जीचको अन्तिम दोस्रो खेलमा स्वीजरल्याण्डले सर्वियालाई ३(२ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।

स्वीजरल्याण्डका लागि जेहेर्दान साकिरीले २०औं मिनेटमा गोल गर्दै अग्रता दिलाए भने सर्वियाका लागि एलेक्जेनडर मितरोभिकले २६औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

साथै, ३५औं मिनेटमा सर्बियाका लागि दुसान भोल्होभिकले गोल गर्दै २–१ गोल अन्तरले सर्बियालाई अग्रता दिलाए पनि स्वीजरल्याण्डका लागि खेलको ४८औं मिनेटमा ब्रिल एम्बोलो र रेमो फ्रेउलेरले क्रमशः ४४औं र ४८औं मिनेटमा गोल गरे। त्यसपछि खेलमा कुनै गोल हुन सकेन र स्वीजरल्याण्ड जीतसँगै नकआउट चरणमा प्रवेश गर्न सफल भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?