कथा : राहत

हिमालय टाइम्स
Read Time = 15 mins
A A- A+

✍️सपूतबहादुर कार्की

जगतवाको घरमा पुग्दा मानिसहरूको ठूलै भिड छ । थाहा छैन किन आज एक्कासि बिहानै घरमा भिड देखियो । भिड देखेर फणीले भन्यो ‘दाइ सायद हामीले दिएको हिजोका सामान हेर्न मानिसहरूको भिड जम्मा भएको होला । हामीले हिजो जगतवाको परिवारलाई विभिन्न दाताहरूले दिएको लत्ताकपडासहितका सरसमान र खाद्यान्नका लागि नगद पाँच हजार दिएका थियौँ । फणी र मेरो पहलमा यो सबै काम भएको थियो ।

जगतवा अर्थात् जगतकुमार गाउँघरमा प्रचलित नाम हो । ऊ जगतकुमार होइन जगतवा नामले परिचित छ । गाउँँघरमा हुने हरेक मेलोमेसो कार्यमा उसको सहभागिता रहन्छ । उसको जीवनको साहरा र आम्दानीको मुख्य स्रोत नै यही अरूको घरमा ज्याला मजदुरी नै हो । स्वास्नीलाई भने घरमा भएको वर्षैपिच्छेका छ ओटा बच्चाहरूको हेरचाह गर्दागर्दै उसको दैनिकी कसरी बित्छ उसलाई नै थाहा हुँदैन ।

जगतवा त्यो समुदायको सबभन्दा गरिब परिवारको मान्छे हो । उसको आफ्नो घर छैन, सम्पत्ति छैन । कुनै बन्दव्यापार र आम्दानीको राम्रो स्रोत छैन । छ त केवल आफू, श्रीमती, छ जना ससाना बच्चाहरू र उसको दैनिक ज्यालादारीबाट आउने अन्न तथा रकमबाट परिवार पाल्नेबाहेक उसले सोच्ने र कल्पना गर्ने अरू केही छैन ।

रक्सीले मातेको जगतवासँग कसैले पनि सवालजवाफ गर्न चाहेनन्, गरेर पनि केही फाइदा थिएन । निर्मम तरिकाले स्वास्नी कुट्यो, बच्चाहरू कुट्यो र आफ्नो पुरुषत्व देखायो । सबैले गाली गरेर सामान्य सम्झाउने र गाली गर्नेबाहेक अरू केही गरेनन् ।

फणी र म जम्मा भएको भिड पन्छाउँदै, जगतवाको परिवार नजिक पुग्यौँ । उसकी स्वास्नी परालको गुन्द्रीमा लम्पसार परेर सुतेकी छे । बच्चाहरू आमाको वरिपरि छन् । रातिदेखि नै बच्चाहरूले केही खान पाएका रहेनछन् । जगतवा अलिपर घोसे मुन्टो लगाएर बसेको छ । तीन-चारपटक उसलाई के भयो भनेर सोध्यौँ । उसले कुनै जवाफ फर्काएन । भिडबाट कसैले भन्यो ‘मध्यरातमा जगतवाले स्वास्नीलाई बेस्सरी कुट्यो । सायद गाउँलेहरू सबै आएर उसलाई नछुटाएको भए स्वास्नी कुटेरै माथ्र्यो होला ।’ हामी दुवै स्तब्ध भयौँ ।

किन र केका लागि स्वास्नी कुट्यो त ? भिडमा भएका कसैले पनि स्वास्नी कुटेका विषयमा जवाफ दिन सकेनन् । एउटै जवाफ थियो, राति धेरै हल्लाखल्ला र रुवाबासी भएपछि मात्रै हामीले थाहा पायौँ । राति नै गाउँलेहरूले जगतवालाई स्वास्नी किन कुटिस् भनेर सोध्दा ऊ जवाफ दिन चाहँदैनथ्यो । उल्टै प्रश्नकर्तालाई नै झम्टन्थ्यो । यो मेरो निजी मामला हो, कसैलाई पनि सोध्ने अधिकार छैन । रक्सीले मातेको जगतवासँग कसैले पनि सवालजवाफ गर्न चाहेनन्, गरेर पनि केही फाइदा थिएन । निर्मम तरिकाले स्वास्नी कुट्यो, बच्चाहरू कुट्यो र आफ्नो पुरुषत्व देखायो । सबैले गाली गरेर सामान्य सम्झाउने र गाली गर्नेबाहेक अरू केही गरेनन् । गर्न नै पो के सकिन्थ्यो र !

फणी र मैले पालैपालो रातिको घटनाका बारेमा सोध्यौँ । उसले जवाफ दिन चाहेन । स्वास्नीलाई सोध्यौँ, ऊ राम्ररी जवाफ दिने अवस्थामा थिइन । खालि मलाई र बच्चाहरूलाई राति रक्सी खाएर आएर बेस्सरी कुट्यो, गाउँलेले नछुट्याएका भए हामी सबैलाई माथ्र्यो । यति भनेर ऊ सुँक्कसुँक्क गरेर रुन लागी, ऊसँगसँगै बच्चाहरू पनि रुन लागे । हामीले धेरै सम्झाउँदा पनि उसको घुँकघुँक भने छ्ट्न सकेन ।

फणीले फेरि पनि राति के भएको हो भन, हामीले तिम्रा लागि अझै सामान र नगद ल्याएका छौँ । उसले किन त्यसरी स्वास्नी र बच्चा कुट्यौ भनेर लगातार प्रश्न गर्‍यो । ऊ बेलाबेलामा हाम्रो अनुहार हेथ्र्यो र फेरि घोसे मुन्टो लगाउँथ्यो । भिडबाट कसैकसैले राति त खुब बहादुरी देखाएको थिइस्, कसैलाई टेरिनस्, चम्की चम्की स्वास्नी कुटिस्, अहिले जवाफ दे न भनेर ताना कस्थे तर ऊ केही बोल्दैनथ्यो । ताना कस्नेलाई भने घुरेर हेथ्र्यो तर जवाफ भने कसैलाई फर्काउँदैनथ्यो ।

धेरै प्रयास गर्दा पनि जब उसले जवाफ दिएन फणीले रिसाएर ठीकै छ, अब हामीले ल्याएको नगद र सामान पनि फिर्ता लैजान्छौँ । अनि स्वास्नी कुटेकोमा प्रहरीमा पनि जानकारी गराउँछौँ भन्यो । यति भनेर हामी जब हिँड्न लाग्यौँ, तब उसले हाम्रो गोडा समात्दै मालिक मबाट राति धेरै ठूलो भुल भयो । अन्जानमा यस्तो भयो । म पापी हुँ, अब मबाट यस्तो गल्ती हुँदैन भनेर रुन लाग्यो । उसको रुवाइ सुनेर सुतेकी स्वास्नी पनि उठी, बच्चाहरू पनि जगतवासँगसँगै रुन लागे ।

हामीले फेरि राम्ररी सम्झाउँदै भन्यौँ, भन न त राति के भएको हो ? किन यस्तो घटना भयो ? आफ्नो रुवाइ कम गर्दै ऊ भन्नथाल्यो, मालिक मेरो बच्चाको पेटमा लात नमार्नुस्, ल्याएका सामानहरू फिर्ता नलैजानुस् र मेरा बारेमा प्रहरीलाई पनि नभनिदिनुहोस्, नत्र मेरा बच्चाहरू भोकभोकै मर्छन् । अब भने ऊ विस्तारै सम्हालिँदै थियो र उसले चारैतिर हेर्‍यो । स्वास्नीलाई पनि हेर्‍यो तर ऊसँग आँखा जुधाउन भने सकेन । वरिपरि बसेका बच्चाहरूलाई मायालु दृष्टिकोणले हेर्‍यो र सबैभन्दा सानोलाई मुसार्‍यो । बोल्ने प्रयास गर्‍यो तर सकेन । विस्तारै रुन लाग्यो । लाग्थ्यो, उसलाई ठूलो पीडा भइरहेको थियो र ग्लानि महसुस गरिरहेको थियो । धेरै प्रयासपछि बल्ल उसले चारैतिर हेर्‍यो र मुख खोल्यो । उसका वरिपरि रहेका छिमेकीहरूलाई नम्र स्वरमा त्यहाँबाट जान अनुरोध गर्‍यो ।

राति त सिंह नै थियो, अहिले त भिजेको मुसा नै भएछ भन्दै एक एक वटा ताना कस्दै छिमेकीहरू गए । त्यसपछि बल्ल उसले राहत महसुस गर्‍यो । फेरि एकपटक स्वास्नी र छोराछोरीलाई नियालेर हेर्‍यो । लामो हाई काढ्यो । शायद रातिको हृयाङओभरबाट बल्ल मुक्ति पाएको जस्तो लाग्दथ्यो । अब भने बल्ल उसले रातिको कुरा सुरु गर्न थाल्यो । मालिक हजुरहरूले दिनुभएको सामान र पैसाबाट हामी सबै परिवार खुशी भयौँ । छरछिमेकीहरूले पनि आएर खुशी व्यक्त गरे भने कतिपयले लोभ पनि देखाए । हजुरहरूले सामान दिएर गएपछि मेरो घरमा केही बेर घर के भन्नु छानो नभएको सानो झुपडीमा एउटा मेला नै लाग्यो । त्यसपछि हामीले सामान कैयौं चोटि ओल्टाई पल्टाई गरेर हेर्‍यौँ । अलि बुझ्ने भएका बच्चाहरू र मेरी स्वास्नीको खुशीको सीमा नै थिएन । जब साँझ पर्न लाग्यो, चार बजेतिर म र मेरी स्वास्नीबीच सल्लाह भयो । नजिकैको बजार जाने, दालचामल, बच्चाहरूको लागि कपडा र धेरै दिनदेखि मासु नखाएकाले मासु ल्याउने सल्लाह भयो ।

म बजार जाने तरखरमा लागेँ । स्वास्नी पनि मसँगै बजार जान चाही तर बच्चाहरूको कारणले चाहेर पनि ऊ जान सकिन । बुझ्ने बच्चाहरू भरे घरमा नयाँ कपडा, दालचामल र मासु आउने भयो भनेर खुशी देखिन्थे, म बेलाबेलामा अरूको घरमा काम गर्न जाँदा मिठोमसिनो खाएको भए पनि घरपरिवारले मिठो नखाएको धेरै भइसकेको थियो । त्यसकारण आज सपरिवार मिठोसँगै खान पाइने भयो भनेर मेरो पनि खुशीको सीमा थिएन । हजुरहरूले दिनुभएको पैसा मैले बीसौंपटक गनेँ । स्वास्नीलाई पनि छुन दिएँ । बच्चाहरूलाई पनि छुन दिएँ । कहिले तल्लो बगलीमा राखेँ, कहिले माथिल्लो बगलीमा राखेँ । अनि आफू धेरै धनी भएको महसुस गरेँ ।

खान सुरुवात गरियो । बोतलपछि बोतल, प्लेटपछि प्लेट आउन थाल्यो । साथीहरूले मेरो प्रशंसा गर्दै मलाई जोस्याउन थाले । मैले पनि जोसिँदै मगाउन थालेँ । खाँदा खाँदा मसँग भएको पाँच हजार बराबरको खाइएछ ।

जगतवा फेरि स्तब्ध भयो । बोल्न सकेन । कहिले हामीलाई हेथ्र्यो, कहिले स्वास्नी र बच्चाहरूलाई हेथ्र्यो र भुईं कोट्याउँथ्यो । टोलाउँथ्यो । हामी बिस्तारै सम्झाउँथ्यौँ । उसले फेरि पनि बोल्ने प्रयास ग¥यो । हजुरहरूले दिएको पैसाको बारेमा मेरा केही साथीहरूलाई पनि थाहा भएको रहेछ । काम गर्न जाँदाका साथीहरू भजन, लोरी र टइट बजारमा भेट भयो । भेट्नासाथ मेरो प्रशंसा गर्न लागे । तिमी त आज खुब धनी छौ, हामीले यस्तो भाग्य कहिले पाउँछौँ भन्दै फेरि मेरो प्रशंसा गर्न लागे ।

लु अलि अलि भएपनि नस्ता (खाजा) गराऊ हामीलाई भनेर जोड गर्न लागे । होइन म आज चाँडै घरजानु पर्छ, परिवारसँगै बस्नु पर्छ भनेर तर्किन पनि खोजेँ तर साथीहरूले मानेनन् । अलि-अलि त खुवाऊ भनेर जोड बल गर्न लागे । मैले पनि लौ त हुन्छ एकछिन बस्छु, थोरै खर्च गर्छु भनेर खान बसियो । खान सुरुवात गरियो । बोतलपछि बोतल, प्लेटपछि प्लेट आउन थाल्यो । साथीहरूले मेरो प्रशंसा गर्दै मलाई जोस्याउन थाले । मैले पनि जोसिँदै मगाउन थालेँ । खाँदा खाँदा मसँग भएको पाँच हजार बराबरको खाइएछ । साथीहरूले मलाई छाडेर गए । म मातेको सुरमा कसरी घर आइपुगेँ मलाई थाहा भएन । घर आउँदा मध्यरात भइसकेको थियो । बच्चाहरू मेरो बाटो कुरेर बसेका रहेछन् । ससाना बच्चाहरू भोकै सुतेछन् । घरमा आउनासाथ स्वास्नीले खोइ त सामान भनेर झम्टिई । मैले पनि सहन सकिनँ । तेरो बाउले दिएको हो र पैसा चामल खोज्ने ?

मातेको सुरमा भनेँ । उसले पनि तिम्रा बाउले दिएको हो र भनेर जवाफ फर्काई । त्यसपछि हात हालाहाल भयो मालिक भनेर ऊ चुप लाग्यो । हामी दुवै जगतवाको कुरा सुनेर स्तब्ध भयौँ । कुरा सुनेपछि सामाजिक सोच र संरचनाको बारेमा सोच्यौँ । उसलाई दिएको सामान विभिन्न निकायबाट आएको भएता पनि पैसा भने हामीलाई शैलेसले उपलब्ध गराएका थिए । मसँग केही जवाफ थिएन । फणी पनि नाजबाफ थिए । हामीले लगेको सामान र नगद अब यस्तो कहिल्यै नगर्नु भन्ने बाचा र कसम खुवाएर दियौँ ।

बाटाभरि जगतवा, उसकी स्वास्नी र उसका छ जना अबोध बच्चाहरूको मात्र याद आइरहृयो । शैलेसलाई हामीले उसले दिएको नगद राहत स्वरूप गरिब परिवारले पाएको जानकारी दियौँ । शैलेसले त्यो परिवारलाई भेट गराइदेऊ न भनेर अनुरोध गर्‍यो तर हामी विभिन्न बाहनामा शैलेससँग छड्किँदै गयौँ । आजसम्म पनि त्यो सत्य कुरा भन्न र जगतवा परिवारसँग भेट गराउने आँट गर्न सकेका छैनौँ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?