नियमितरुपमा पालिकाले गरेका बिकास निर्माणका कामहरुको अनुगमन गर्छुः बिनोद चौधरी

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासी क्षेन न १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बिनोद चौधरीले प्रत्येक दुई दुई महिनामा पालिकाले गरेको बिकास निर्माणका कामको अनुगमन गर्ने बताउनु भएकाे छ ।

नेपाली काङ्ग्रेस बर्दघाट नगरपालिका वडा नम्बर ९ ले आयोजना गरेको बधाई तथा धन्यवाद कार्यक्रममा बोल्दै चौधरीले जनताले बिकासका पक्षमा मत जाहेर गरेको बताउदै भइरहेका बिकास निर्माणलाई व्यस्थित गर्न योजनाहरु अनुगमन गरिने बताउनु भयो ।

चौधरीका अनुसार पहिलो चरणमा पालिकाबाट संचालित योजनाहरुको अनुगमन गरिने र दोस्रो चरणमा नयाँ आवश्यक योजना ल्याइने छ ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य बिश्वप्रेम पाठकले स्थानीय तह, प्रदेश, संघिय गरि तीन तहको समन्वयमा बिकास निर्माणका कार्यक्रमहरु अगाडि बढाइने बताउनु भयो ।

कार्यक्रममा क्षेत्रीय सभापति मुकुल कुमार आचार्य, महाधिवेशन प्रतिनिधि लाल बहादुर गुरुङ, बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठलगायतले बोल्नु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?