नेपाल पत्रकार महासंघ सप्तरीका संस्थापक अध्यक्ष भट्टराई मृत फेला

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराईको निधन भएको छ ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आयोजना गरेको ११औँ साधारणसभामा सहभागी हुन आएका भट्टराई लालबन्दीस्थित एक होटेलमा मृत फेला परेका हुन ।

लालबन्दी-१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा रातिको खाना खाएर कोठामा पुगेका उनी शनिबार बिहान ओछ्यानमा मृत फेला परेका थिए ।

भट्टराईको शव सर्लाहीकै अस्पतालमा पोस्टमार्टमपछि शनिबार नै सप्तरीको राजविराज-७ स्थित उनको घरमा लैजाने तयारी छ ।

एउटै होटलमा बसेका साथीहरू बिहान चिया खान निस्किँदा उनी न निस्किएपछि उनलाई खोजिएको थियो । उनका चालक हेर्न जाँदा भित्रबाट चुकुल लागेको थियो । उनी राति कोठामा एक्लै सुतेका थिए । भट्टराई ओछ्यानमै बान्ता गरेको तथा उनले खाने औषधि छरपस्ट अवस्था भेटिएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?