स्याङ्जा २ मा अर्यालसँग धनराजको मतान्तर अझ फराकिलो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सत्ता गठबन्धनबाट स्याङ्जा २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार धनराज गुरुङले मतान्तर बढाउनु भएको छ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेसका उम्मेदवार गुरुङले निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार पद्माकुमारी अर्याललाई चार हजार ६ सय ३१ मतले पछाडि पार्नुभएको छ ।

पछिल्लो मतगणनाअनुसार गुरुङले २७ हजार ३२ मत प्राप्त गर्दा अर्यालले २२ हजार चार सय एक मत ल्याउनु भएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले सात हजार ६ सय ६२ मत प्राप्त गर्नुभएको छ ।

अब चापाकोट नगरपालिका ५, ६, ७, ८, ९ र १० नम्बर जडाको मतगणना हुन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

स्याङ्जा २ (ख) पनि कांग्रेस उम्मेदवार महेश भट्टराईले अग्रता बढाउनु भएको छ। भट्टराई एक हजार नौ सय ६६ मतान्तरसहित अगाडि हुनुहुन्छ। भट्टराईले १४ हजार सात सय १५ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १२ हजार सात सय ४९ मत ल्याउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?