चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको मंगलबार अन्तिम संस्कार गरिने

Read Time = 2 mins

बेजिङ । चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको अन्तिम संस्कार मंगलबार गरिने भएको छ । बिहीबार उहाँको शव सांघाईबाट राजधानी बेइजिङ पुर्‍याइएको छ । ९६ वर्षीय चियाङको बुधबार निधन भएको थियो । विमानबाट बेइजिङमा चियाङको शव ल्याइँदा राष्ट्रपति सी चिनफिङ सपत्नी विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो । जहाँ पोलिट्ब्युरोका २४ जनै सदस्यका साथै यसै वर्ष अवकाश लिँदै गरेका नेताहरू पनि उपस्थित हुनुहुन्थ्यो ।

त्यसअघि सांघाईमा जियाङको परिवार र निकटस्थहरुमाझ अन्तिम विदाइ समारोह आयोजना गरिएको थियो । जियाङकी पत्नी वाङ यपिङ र परिवारका अन्य सदस्यहरू पनि स्थायी समिति सदस्यका साथ बेइजिङ पुगेका छन् ।

चियाङ्सु प्रान्तस्थित पूर्वराष्ट्रपति जियाङको पुरानो घरमा पनि मानिसहरूले पुष्पगुच्छा राखेका छन् । उहाँको राजकीय अन्तिम संस्कार मंगलबार बिहान ग्रेट हल अफ द पिपुलमा हुने सरकारी सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?