नोरा ‘ईडी’मा उपस्थित

Read Time = 1 min

नयाँदिल्ली । बलिउड अभिनेत्री नोरा फतेही शनिबार प्रवर्तन निर्देशनालय (ईडी) समक्ष हाजिर हुनुभएको छ । उहाँ सुकेश चन्द्रशेखर, ज्याकलिन फर्नान्डिससहित सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानमा हुनुहुन्छ । त्यही मुद्दामा नोरा शनिबार दिल्लीस्थित ईडीको कार्यलयमा उपस्ति हुनुभएको हो ।

सुकेश चन्द्रशेखरका वकिल अशोक कुमार सिंहले नोरा ईडीको कार्यालयमा हाजिर भएको बताउनुभयो । यद्यपि नोराले आफूलाई के के सोधपुछ गरियो भन्नेबारेमा केही सार्वजनिक गर्नुभएको छैन् । यसअघि पनि नोरा ईडीमा उपस्थित हुनुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?