काठमाडौं । अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डिसी विवाह बन्धनमा बाँधिनुभएको छ । बौद्धस्थित हायात रिजेन्सीमा यी दुईले लगन गाठो कस्नुभएको हो । संयम र आश्माले करिब १० वर्षको प्रेमलाई विवाहमा परिणत गर्नुभएको छ ।
सन् २०१२ मा सिनेमाघरमा आएको चलचित्र ‘सायद’बाट अभिनयमा डेब्यु गर्नुभएका संयमले ‘ग्याङस्टर ब्लुज’, ‘आभास’, ‘नाइँ नभन्नु ल-३’, ‘पुन्टे परेड’, ‘रातो घर’, ‘कर्तव्य’, ‘अल्पविराम’ जस्ता चलचित्रमा अभिनय गर्नुभएको छ । यस्तै आश्माले ‘आभाष’, ‘नाइँ नभन्नु ल-३’ जस्ता चलचित्रमा अभिनय गर्नुभएको छ ।
संयम वरिष्ठ फिल्म निर्देशक नारायण पुरीका छोरा हुनुहुन्छ भने आश्मा गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी हुनुहुन्छ । संयम र आश्मा दुवै पछिल्लो समय अमेरिका रहँदै आउनुभएको छ । विवाहकै लागि उहाँहरू गत शुक्रबार नेपाल आउनुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको