प्रदेश सांसद श्रेष्ठ र राणालाई बधाई तथा सम्मान

Read Time = 3 mins

काठमाडौं । प्रदेश सांसदमा निर्वाचन हुनुभएका कलाकारद्वय मदुकुमार श्रेष्ठ र रोज राणालाई बधाई तथा सम्मान अर्पण गरिएको छ । उहाँहरूलाई नेपाल फिल्म सोसाइटीद्वारा बधाई तथा सम्मान अर्पण गरिएको हो । काठमाडौंमा एक विशेष कार्यक्रमबीच सोसाइटीका अध्यक्ष वरिष्ठ चलचित्रकर्मी कृष्ण मल्लको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेश धादिङ क्षेत्र नं-१ (क)बाट प्रदेश सभाका लागि विजय हनुभएका मदुकुमार श्रेष्ठ र लुम्बिनी प्रदेश प्युठान (ख)बाट निर्वाचित हुनुभएका सरोज थापा (रोज राणा)लाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।

उक्त कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राई, पशुपति क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा, नेपाल सांस्कृतिक संघका सभापति तीर्थ थापा, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला, बरिष्ठ अभिनेत्री शर्मिला मल्ल, कलाकार कृष्ण ढुंगाना, निर्माता तथा चलचित्र वितरक गोपालकाजी कायस्थ, चलचित्रकर्मी अशोक शर्मा, कलाकार शिवहरि बैरागी, मनोज केसीलगायत नेपाल फिल्म सोसाइटीका सदस्यहरू, कलाकारहरू र पत्रकारको बाक्लो उपस्थिति थियो ।

नवनिर्वाचित प्रदेश सांसदद्वयले नेपाली चलचित्र क्षेत्रका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । यस्तै कार्यक्रमका अतिथिहरूले नवनिर्वाचित सांसदद्वयलाई बधाई तथा शुभकामना दिँदै चलचित्र क्षेत्रको समस्याको विषयमा सदनमा कुरा उठाउनुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा नेपाल फिल्म सोसाइटी युकेका महासचिव वरिष्ठ गीतकार, चलचित्रकर्मी हीराकाजी थापालाई स्वागत तथा सम्मान पनि गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?