काठमाडौं । नव पुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्र तथा मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा आयोजित मानव पुस्तककालयका रूपमा यसपटक वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल तथा पूर्वन्यायाधीश कृष्णप्रसाद बस्याल छनोट हुनुभयो । पुस्तकालयका अध्यक्ष विष्णुप्रसाद पन्तको सभापतित्वमा ओजित कार्यक्रमको सञ्चालन वरिष्ठ साहित्यकार कलानिधि दाहालले गर्नुभएको थियो भने मुक्तिनाथ दर्शन साहित्यिक समाजका प्रमुख हरिभक्त सिग्देल महेशले आतिथ्यता ग्रहण गर्नुभएको थियो ।
मानिस पनि एउटा पुस्तकालय नै हो र ऊसँग पुस्तकमै जसरी अनगिन्ति ज्ञान रहने हुँदा ती ज्ञान अरूका लागि प्रेरणादायी हुनसक्छन् भन्ने मान्यताका आधारमा सञ्चालन हुँदै आएको मानव पुस्तकालयको कार्यक्रम प्रत्येक महिनाको तेस्रो शनिबार नवपुस्तकालय धोवीखोला सुकेधारामा सञ्चालन हुँदै आएको छ ।
कार्यक्रममा मानव पुस्तकका रूपमा प्रसिद्ध मानव अधिकारकर्मी, वरिष्ठ पत्रकार तथा साहित्यकार प्राध्यापक पुरुषोत्तम दाहालले आपूmले यी विभिन्न क्षेत्रमा रहेर काम गर्दाका अनुभव सुनाउनुभयो । उहाँले पार्टीसिद्धान्त र विचार आन्दोलन फरक हुन् भन्नु हुँदै वर्तमान पुस्ताले राजनीतिको फल एकै पटक खान खोजेको र त्यस वटवृक्षलाई हुर्काउन पुरानो पुस्ताले गरेको संघर्ष बारे जानकारी राख्न नखोजेको विचार व्यक्त गर्नुभयो । पत्रकारिता गर्दा, मानव अधिकारका क्षेत्रमा विभिन्न काम गर्दा र प्राध्यापन गर्दाका अनेकौं दृष्टान्त प्रस्तुत गर्नुभयो ।
न्याय सम्पादन गर्दा र पत्रकारिता गर्दा सशप्रतिशत सत्यतामा पुगेर गर्न सकिँदैन भन्दै उहाँले सत्यताका निकटमा पुगेर काम गर्नुपर्छ भन्नुभयो । दाहालले साहित्य लेखनका क्रममा आपूmले निकै आँट गरेरमात्र लेखेको हुँ भन्दै शान्ता उपन्यास अत्यन्त कठिन परिस्थितिमा लेखेर आफ्नो असजिलो पारिवारिक अवस्था बिर्सन खोजेको हो नत्र आत्महत्या गर्नुपर्ने अवस्था थियो भन्नुभयो । पत्रकारिता गर्दाका अनेकौं चुनौती र धम्कीको सामाना गरेका अनेकौं उदाहरण पनि उहाँले दिनुभयो ।
कार्यक्रममा अर्का मानवपुस्तक पूर्वन्यायाधीश तथा साहित्यकार कृष्णप्रसाद बस्यालले आफू न्यायाधीश भएर देशका विभिन्न जिल्लामा रहँदा न्याय सम्पादनका क्रममा आपूmले देखेभोगेका विभिन्न दृष्टान्त प्रस्तुत गर्नुभयो । उहाँले कानुनहरूको अपर्याप्तता र भएका कानुनहरूको कार्यान्वयनमा हुने गरेका कमजोरीबारे पनि आफ्नो धारणा राख्नुभएको थियो । उहाँले राष्ट्रमा कानुन भनेको कडा हुनुपर्ने र त्यसको कार्यान्वयनमा पनि कडाइ नै गरिनुपर्ने विचार व्यक्ति गर्नुभयो ।
शनिबार आयोजित कार्यक्रममा दुर्गा अधिकारी भमरकोटे, डा. अर्जुनदेव भट्ट, युवराज मैनाली, विनोद दाहाल वत्स, महेशप्रसाद रिजाल, थरेन्द्र बराल, मीरा काफ्ले पोखरेल, नारायणप्रसाद घिमिरे, तेजनाथ दंगाल, चूडामणि कोइराला, रामचन्द्र खनाल, शान्ता दाहाल, कल्पना दाहाल, सुचिता काफ्ले, चन्द्रमणि अधिकारी, रामचन्द्र घिमिरे, केशवराज दाहाललगायत साहित्यकारहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा महेशप्रसाद रिजालले गीत गाउनुभएको थियो भने साहित्यकार विनोद दाहाल वत्स, रामचन्द्र दाहाल, मीरा काफ्ले पोखरेल, सुचिता काफ्ले तथा रामचन्द्र घिमिरेले रचना वाचन गर्नुभएको थियो । यसैगरी साहित्यकार थरेन्द्र बरालले व्यंग्यगीत प्रस्तुत गर्नुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका