अडानको २० बुँदे प्रस्ताव

Read Time = 1 min

काठमाडौं । नेपाल अडिटर्स एसोसिएसन (अडान) को पछिल्लोे केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न २० बुँदे विशेष प्रस्ताव पारित गर्दै लेखापरीक्षकका समस्या समाधानका लागि राज्य र सम्बन्धित सबैमा ध्यानाकर्षण गराएको छ ।

अडानका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा भएको बैंठमा कोषाध्यक्ष बलराम चौधरी र महासचिव प्रेमबहादुर श्रेष्ठका साथै सदस्यले लेखापरीक्षकका विभिन्न समस्या उठान गरेका थिए ।

बैठकमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँग सम्झौता भई कार्यान्वयन नभएका मुद्दा चाँडो सम्बोधन गर्न, सूचीकृतका सम्बन्धमा उठेका समस्याको दीर्घकालीन समाधानलगायतमा जोड दिइएको थियो । बैठकले अडानलाई अझ सशक्त क्रियाशील, पेशागत नमुना संगठन बनाउन केन्द्रबाट सम्बन्धित प्रदेशको उपाध्यक्षको संयोजकत्वमा कार्य विभाजन गरी जिम्मेवारीसमेत तोकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?