अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अमेरिकालाई हराउँदै नेदरल्याण्ड्स फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

डेन्जल डम्फ्रिजको उत्कृष्ट प्रदर्शनप्रेरित नेदरल्याण्ड्सले अमेरिकालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलेका पछिल्ला तीन विश्वकपमा लगातार क्वार्टरफाइनलमा पुर्याउन डम्फ्रिजले दुई असिस्ट र एक गोलसहित उत्कृष्ट प्रर्दन गरे । अमेरिकाको तर्फबाट हाजी राइटले गोल गरे ।

अब नेदरल्याण्ड्सले सेमिफाइनल प्रवेशका लागि अर्जेन्टिनासँग खेल्ने छ ।

१२ औँ पटक विश्वकप खेलेको अमेरिका भने लगातार चौथो पटक नकआउट चरणबाट बाहिरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?