समानुपातिक मतगणना अन्तिम चरणमा, कुन दलले कति मत पाए ?

एकीकृत समाजवादीले थ्रेसहोल्ड नकटाउने निश्चित

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत जारी मत गणना अब सकिने चरणमा पुगेको छ। पछिल्लो नतिजाअनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फका १६५ सिटमध्ये १६३ वटाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।

प्रतिनिधि सभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख २० हजार १२५ मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा एमालेले २७ लाख ८८ हजार ३५६ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ मतसहित दोस्रो स्थानमा रहेको छ । एघार लाख ६२ हजार १२४ मतसहित नेकपा ९माओवादी केन्द्र० तेस्रो स्थानमा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख २४ हजार ५४३ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ६३८ मत पाएको छ ।

यसै निर्वाचनबाट उदाएको जनमत पार्टीले तीन लाख ९४ हजार ५२३ मत ल्याएको छ ।

नेकपा (एकीकृत समाजवादी) भने थ्रेसहोल्ड नकटाउने निश्चित भएको छ । बाँकी रहेका दोलखा र बाजुराको मतगणनासमेत अन्तिम चरणमा पुगेका बेला एकीकृत समाजवादीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ ।

आयोगका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको मान्यता पाइसकेका हुन्।

लगभग डेढ लाख मत गन्न बाँकी रहँदा सत्तारुढ नेकपा एकीकृत समाजवादी पनि थ्रेसहोल्ड कटाउने संघर्ष गरिरहेको छ। अब बाजुरा र दोलखाको नतिजा आउन बाँकी छ। त्यहाँ मत गणना जारी छ।

समानुपातिकतर्फ हालसम्म दलहरूले ल्याएको मत

नेकपा एमाले
२७,८८,३५६

नेपाली कांग्रेस
२६,६०,२४६

(नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी)
११,६२,१२४

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
११,२४,५४३

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
५,८६,६३८

जनता समाजवादी पार्टी, नेपाल (जसपा)
४,२०,९४६

जनमत पार्टी
३,९४,५२३

नेकपा एकीकृत समाजवादी
२,९४,३६२

नागरिक उन्मुक्ति पार्टी
२,७१,६६२

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)
१,६७,२८१

नेपाल मजदुर किसान पार्टी (नमकिपा)
७५,०५७

हाम्रो नेपाली पार्टी
५५,६१८

मंगोल नेसनल अर्गनाइजेसन
४८,८१८

राष्ट्रिय जनमोर्चा
४६,३८२

नेपाल संघीय समाजवादी पार्टी
४१,८०७

नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
३०,४१९

राष्ट्रिय जनमुक्ति पार्टी
२३,९२८

जनता प्रगतिशिल पार्टी, नेपाल
१८,०४८

(नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी)
१७,८६४

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,७९७

बहुजन एकता पार्टी नेपाल
१७,०६५

नेपाली कांग्रेस (बीपी)
१२,४७८

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)
१२,२७०

नेपाली जनता दल
९,९७६

बहुजन शक्ति पार्टी
९,४३५

नेपालका लागि नेपाली पार्टी
८,४०१

नेपाल कम्युनिस्ट पार्टी
७,९९७

नेपाल लोकतान्त्रिक पार्टी
७,६९२

नेपाल जनता पार्टी
७,५०६

नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
७,३८०

मितेरी पार्टी नेपाल
७,०४३

जनजागरण पार्टी नेपाल
६,५३६

आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,४०९

तराई मधेश लोकतान्त्रिक पार्टी
५,९६८

जनसमाजवादी पार्टी, नेपाल
५,८७२

(सामाजिक एकता पार्टी/नेपाल कम्युनिस्ट पार्टी/समाजवादीरनेपाल दलित पार्टी)
५,७९६

पिछडावर्ग निषाद दलित जनजाति पार्टी
५,१०१

विवेकशील साझा पार्टी
४,०३९

एकीकृत शक्ति नेपाल
३,७७६

नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी
३,६९४

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
३,४०४

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,३३२

मौलिक जरोकिलो पार्टी
३,२३५

नेपाल समावेशी पार्टी
२,९५२

नेपाल कम्युनिस्ट पार्टी परिवर्तन
२,१९१

राष्ट्रिय नागरिक पार्टी
२,१४३

नेस्ननलिस्ट पिपल्स पार्टी
२,०१५

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?