पूर्वमन्त्री बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पूर्व सञ्चारमन्त्री तथा नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । नेपाली सेनाको डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु बम नभएको बताएको हो । बम जस्तो देखिएपनि बम भने नभएको सेनाले जनाएको छ ।

उक्त शंकास्पद वस्तु बम नभएको पुष्टि गर्दै सेनाको टोलीले निष्कृय पारेको हो ।

प्रहरीले बम राखिएको आशंकामा डिस्पोजल टोलीलाई खबर लगतै नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो । शंकास्पद वस्तु फेला परेपछि त्यहाँ वरिपरि सुरक्षा व्यवस्था कडा बनाइएको थियो।

बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसरकुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बास्कोटा भने काभ्रेस्थित आफनै घरमा रहनुभएको छ । उहाँ मंसिर ४ मा भएको चुनावमा काभ्रे-२ बाट प्रतिनिधि सभा सांसद निर्वाचित हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?