निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन माननियहरु गाँउगाँउमा

हिमालय टाइम्स
Read Time = 5 mins

-नृपेन्द्र बहादुर मल्ल

मुगु । गत ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित संघिय तथा प्रदेश सांसदहरु यति बेला जिल्लाका गाँउगाँउहरुमा घुमिरहेका छन ।

मंसिर अघि गाँउगाँउमा मतदातासंग आफुलाई मतदान गर्न आग्रह गर्दै घुम्दै आएका उम्मेदवारहरु मध्य बेला यो बेला निर्वाचित उम्मेदवारहरु मतादाताहरुलाई धन्यवाद दिन मुगु जिल्लाका गाँउगाँउमा घुमिरहेका हुन् ।

मुगुका १ प्रतिनिधि सभा र २ प्रदेश सभा क्षेत्र रहेकोमा प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार ऐन बहादुर शाही एमालेका उम्मेदवार राजबहादुर कार्कीलाई पछि पार्दै निर्वाचित हुनु भएको थियो भने प्रदेश सभा सदस्यमा क्षेत्र नं २ का एमाले उम्मेदवार कर्ण बहादुर मल्ल पछि पार्दै एकिकृत माओवादी केन्द्रका मंगलबहादुर शाही र प्रदेश क्षेत्र नं १ मा एकिकृत समाजवादीका गोपालबहादुर बमलाई पछि पार्दै एमालेका जितबहादुर मल्ल विजयी भएका थिए ।

निर्वाचित हुने वित्तिकै संघिय राजधानी र प्रदेश राजधानी तिर निर्वाचितहरु हानिने पुरानो चलनलाई तोड्दै यो वेला निर्वाचित तिनै जना माननियहरु गाँउगाँउतिर लागेका छन ।

प्रतिनिधि सभाका सांसद शाही आफ्नो जन्मस्थान सोरु गाँउपालिकाका विभिन्न गाँउबस्ति र खत्याड गाँउपालिका तिर लागेका छन् भने प्रदेश सान्सद मंगलबहादुर शाही माओवादीका पकड रहेको खत्याड गाँउपालिकाका विभिन्न बस्तिहरुमा मतदाताहरुलाई धन्यवाद दिदै खुशियाली साटी रहनु भएको छ ।

यता प्रदेश क्षेत्र नं १ का माननिय जितबहादुर मल्ल पनि छायाँनाथ रारा नगरपालिकाका विभिन्न वस्तिहरुमा मतदाताहरुका गुनासा, विकासका योजनाबारेकाआशाहरु सुनिरहनु भएकोछ ।

प्रतिनिधि सभाका सांसद ऐन बहादुर शाही निर्वाचित भएको प्रमाण पत्रबुझेको ३ दिन पछि देखि सोरु गाँउपालिकाका आँसिधारा, कच्चे, सिप, पुरुमुरु, सोरुकोट, नार्थपु, जडेपानी, भिई र नाथर्पु गाँउहुदै खत्याड गाँउपालिका तिरका गाँउ बस्तिहरुमा हिजो आज घुमिरहनु भएको छ ।

माओवादीबाट निर्वाचित प्रदेश क्षेत्र नं २ का सांसद मंगलबहादुर शाही निर्वाचित प्रमाण पत्र बुझेको दोस्राे दिन पछि देखि नै खत्याड गाँउपालिकातिर लाग्नु भएको थियो । उहाँले उक्त गाँउपालिका संगै श्रीकोट, सेरी, डुमाना गम्थालगायतका गाँउहरुमा पुगी मतादाताहरुलाई धन्यवाद दिदै आफ्नो कार्यकालमा ति बस्तिहरुमा गर्न सकिने विकासका कामहरु बारे सुझाव लिईरहनु भएको छ ।

यताप्रदेश क्षेत्र नं १ का सान्सद जितबहादुर मल्ल पनि नगरपालिका भित्रका कार्कीवाडा, ढुम, पिना, कोटिल्ला, बाम, रुगा तिरका बस्तिहरुमा धन्यवाद दिदै हिडीरहनु भएको छ । नगरपालिकामा रहेका ८७ वटा बस्तिहरुमा सकभर पुगेर स्थानिय जनताहरुका गुनासा सुन्ने, आफुले पुरा गर्नसक्ने कामहरुको आश्वासन दिने जस्ता कार्य गरिरहनु भएको नेकपा एमाले पाटी सचिव डबल बहादुर रोकायाले जानकारी दिनुभयो ।

यस अघि निर्वाचित भएपछि राजधानीतिर विजेताहरु लाग्ने प्रवृती यो चोटीका विजेताहरुले तोडेका छन् । अहिले विजेताहरुले गाँउगाँउमा गएर शुरु मै धन्यवाददिने र गुनासा सुन्ने, आफ्ना योजना सुनाउने गर्न थालेपछि स्थानियहरु खुशी भएका छन् । अहिले जितेका जनप्रतिनीधिको शुरुवाती हेर्दा केहि गर्छन की भन्ने आश आफुहरुमा पलाएको रुगा गाँउका कन्न लावडले बताउनु भयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?