काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत र जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउत (सिके) बीच भेटवार्ता भएको छ । आइतबार बिहान बाँसबारीस्थित प्रवक्ता महतको निवासमा उहाँहरूबीच भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा प्रवक्ता महतले डा. राउतलाई निर्वाचनमा विजयी भएकोमा बधाई दिनुभाये । यस्तै पछिल्लो राजनीतिक घटनाक्रममा समेत उहाँहरूबीच छलफल भएको समेत जनाइएको छ । अध्यक्ष राउत सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै विजयी हुनु भएको हो ।
पछिल्लो समय डा. राउत र शीर्ष नेताहरूबीच भेटघाट बाक्लिएको छ । महत कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेता हुनु हो । उहाँले यसअघि कांग्रेस नेता डा. शेखर कोइरालालाई उहाँकै निवास पुगी सांसद विजयी भएकोमा बधाई दिनुभभएको थियो। महत आफैं भने यो निर्वाचनमा उठ्नुभएन । उहाँ समानुपातिकतर्फ खसआर्य क्लस्टर सूचीको पहिलो नम्बरमा हुनुहुन्छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका