दोलखामा एमालेका शिवाकोटीको अग्रता कायमै

हिमालय टाइम्स
Read Time = 2 mins

दोलखा । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले अग्रता कायमै राख्नुभएको छ । हालसम्म ४४ हजार नौ सय ४१ मतगणना हुँदा उहाँले १९ हजार सात सय ४४ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीले १८ हजार तीन सय ८५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

दोलखा प्रदेशसभा १ मा सत्ता गठबन्धनका उम्मेदवार अगाडि हुनुहुन्छ । भने प्रदेशसभा २ मा एमाले उम्मेदवार अगाडि हुनुहुन्छ । प्रदेशसभा १ मा ३५ हजार आठ सय ९३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले २९ हजार चार सय ६३ मत प्राप्त गर्नुभएको छ भने एमालेका नरबहादुर श्रेष्ठले १२ हजार आठ सय ८० मत प्राप्त गर्नुभएको छ ।

दोलखा प्रदेश सभा ९ख० मा एमाले उम्मेदवार भरतबहादुर केसी विजयी हुनुभएको छ । उहाँ १९ हजार ४१४ मत ल्याएर प्रदेश सभा सदस्य पदमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत प्राप्त गर्नुभयो ।

जिल्लामा समानुपातिकतर्फ ३४ हजार ११ मतगणना गर्दा एमालेले १२ हजार पाँच सय ७८, कांग्रेसले १० हजार नौ सय १७ र माओवादी केन्द्रले चार हजार चार सय ६६ मत पाएका छन् । दोलखामा कुल ८५ हजार तीन सय ८८ मत खसेको थियोे ।

जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?