‘हेमगंगा शारीरिक अपाङ्गता प्रतिभा पुरस्कार’ सञ्चारकर्मी पौडेललाई

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । यस वर्षको “हेमगंगा शारीरिक अपाङ्गता प्रतिभा पुरस्कार” अपाङ्गता अधिकार तथा सञ्चारकर्मी भूमिकला पौडेलले प्राप्त गर्नु भएको छ ।

समाज कल्याण परिषद्, राष्ट्रिय अपाङ्ग कोषद्धारा प्रतिभाशाली अपाङ्गता भएका व्यक्तिहरूलाई प्रदान गरिने पुरस्कारहरू मध्ये “पत्रकारिता तथा सञ्चार क्षेत्रमा उल्लेखनिय प्रतिभा देखाउन सक्षम व्यक्तिहरूलाई प्रदान गरिने पुरस्कार” विधामा उहाँले सो पुरस्कार प्राप्त गर्नु भएको हो ।

अपाङ्गता सवाललाई पत्रपत्रिका, रेडियो तथा टेलिभिजन मार्फत सक्रिय रूपमा आवाज उठाउँदै आउनु भएकी पौडेल आफू पनि शारीरिक अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ र लामो समय देखि नै अपाङ्गता क्षेत्रमा संलग्न रहि अपाङ्गता भएका व्यक्तिहरूको आवाज बुलन्द पार्नमा महत्वपूर्ण भूमिका खेलिरहनु भएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको अन्र्तराष्ट्रिय दिवसको अवसर पारेर राजधानीमा प्रदान गरिएको सो पुरस्कार लगायत अन्य विधाका पुरस्कारहरू पनि वितरण गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?