माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ ।

पेरिसडाँडास्थित पार्टी मुख्यालयमा जारी बैठकमा निर्वाचनको समीक्षासहित नयाँ सरकार गठनका विषयमा छलफल हुनेछ ।

शनिबारबाट सुरु भएको पदाधिकारी बैठकले पहिलो दिन सरकारमा जान सबै विकल्प खुला राख्ने निर्णय गरेको थियो । यसबारे जारी बैठकले थप निर्णय गर्ने नेताहरुको भनाइ छ ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत तेस्रो राजनीतिक शक्ति बनेको माओवादी केन्द्रले पनि सरकारको नेतृत्वको आकांक्षा राखेको छ ।

सत्ता गठबन्धनको बैठक बस्नुअघि माओवादीको पदाधिकारी बैठक बसेर चुनावी समीक्षा र भावी सरकारको बारेमा निर्णय लिने छ । निर्वाचन सम्पन्न भएपछि पहिलोपटक सत्तागठबन्धनको बैठक बस्ने तयारी भएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तागठबन्धनमा आबद्ध दलको बैठक बोलाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?