काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ सय ८८ जनाको नमूना परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको हो । चार सय ५४ नमूनाको आरटिपिसिआर विधि र बाँकी नौ सय ३४ नमूनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको रिपोर्ट नभएको मन्त्रालयको भनाइ छ । यस अवधिमा १९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल नेपालमा एक सय आठ जना संक्रिय संक्रमित रहेको मन्त्रालयको भनाइ छ ।
कोरोना संक्रमणबाट नेपालमा १२ हजार १९ जनाले ज्यान गुमाएका छन् भने यहाँ कोरोना निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच