कांग्रेस उपसभापति खड्का र जनमत पार्टीका अध्यक्ष राउतबीच भेटवार्ता

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । खड्कालाई भेट्न राउत उनकै निवास गल्फुटार पुग्नुभएको हो ।

भेटमा उहाँहरूले बधाई तथा शुभकामना साटासाट गर्नुभएको थियो। हालैको प्रतिनिधि सभा निर्वाचनमा खड्का सुर्खेत–१ र राउत सप्तरी–२ बाट निर्वाचित हुनु भएको हो ।

भेटमा हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषयमा छलफल भएको खड्काको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?