झापा ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य साँवालाई व्यवसायी महासंघद्वारा बधाई ज्ञापन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । झापा क्षेत्र नम्बर ४ नव निर्वाचत प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बुलाई नेपाल उद्योग तथा व्यवसायी महासंघले बधाई तथा शुभकामना प्रदान गरेको छ ।

आइतबार होटल इम्पेरियल गौशालामा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा एमाले निकट व्यवसायीको उपस्थितिमा उहाँलाई शुभकामना प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य साँवालाई नेपाल उद्योग तथा व्यवसाय महासंघको तर्फबाट फुल गुच्छा तथा खादाले स्वागत गरिएको थियो ।

झापा ४ बाट दोस्रो पटक प्रतिनिधि सभामा विजयी बन्नुभएको एमाले नेता साँवा नेपाल राष्ट्रिय उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्षसमेत हुनु हो । उहाँले २९ हजार ३१५ मत प्राप्त गर्दै नेपाली कांग्रेसका उम्मेदवार देउमान थेबेलाई पराजित गर्नुभएको हो ।

साँवा ०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?