महर्जनलाई खेलकर्मीको बधाई

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । जिल्ला प्रमुख डोजो, ललितपुर, लगनखेलले मंसिर ४ गते सम्पन्न आमनिर्वाचनको प्रदेश सांसद्का विजेता मिनकृष्ण महर्जनको सम्मानमा शनिबार बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का पूर्व-कोषाध्यक्ष समेत रहनुभएका महर्जन डोजोका संरक्षक एव संस्थापक पनि हुनुहुन्छ । आयोजक डोजो र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, कराँतेका वरिष्ठ प्रशिक्षक अक्बर शाह, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, कराँतेकर्मी, खेलाडी, प्रशिक्षकलगायतले महर्जनलाई कार्यकाल सफलताका लागि शुभकामना दिँदै बधाई दिनुभयो ।

महर्जनले ललितपुर क्षेत्र नं. १ को प्रदेश २ (ख) मा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चेतनाथ सञ्जेललाई ४ हजार २ सय १४ मतले पराजित गर्नुभएको थियो । नेपाली कांग्रेसका उम्मेदवार महर्जनले १३ हजार ३ सय ७८ तथा सन्जेलले ९ हजार १ सय ६४ मत ल्याउनुभएको थियो ।

खेलकुद पृष्ठभूमिका महर्जनले सांसद् बन्न खेल क्षेत्रको ठूलो योगदान रहेको बताउँदै बागमतीलाई खेलकुदमय बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो । खेलाडी संघका अध्यक्ष श्रेष्ठले खेलकुदकर्मीले हासिल गरेको जितप्रति खुशी व्यक्त गर्दै महर्जनले बागमती प्रदेशको खेलकुदलाई अझ चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सोही अवसरमा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा कराँतेतर्फ पदक जित्न सफल ललितपुरका खेलाडीलाई नगदसहित सम्मान गरिएको थियो । स्वर्ण विजेता विप्लवलाल श्रेष्ठ र रिना श्रेष्ठ, रजत विजेता विपिनराज सिंह दर्जी र कांस्य विजेता स्विकार राई सम्मानित हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?