काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत् खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणाली सञ्जाल विस्तार गर्ने भएको छ । तत्कालको समस्या समाधान गर्न हाल रहेका प्रसारण र वितरण प्रणालीका संरचना सुदृढीकरण र विस्तार गरिने दीर्घकालीन समस्या समाधान गर्न उच्च क्षमताका प्रसारण लाइनको निर्माण गरिने प्राधिकरणले जनाएको छ ।
गर्मीमा कैलालीको अत्तरिया, टीकापुर धनगढी, कञ्चनपुरको महेन्द्रनगरलगायतका शहरी क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङलगायतको समस्या रहेको उपभोक्ताको गुनासो आउने गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको उच्चस्तरीय टोलीले शनिबार र आइतबार सो क्षेत्रको स्थलगत अनुगमन भ्रमण गरी विद्युत् आपूर्ति सुधारका लागि गर्नुपर्ने कामका विषयमा जानकारी लिएको छ ।
सोही क्रममा टोलीले नगरपालिका प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधिसँग छलफल गरेको छ भने विद्युत् आपूर्ति सुधारका सम्पूर्ण कार्य सम्पन्न गर्न र सोका लागि आवश्यक बजेट तत्काल पेश गर्न सम्बन्धित केन्द्रहरूलाई निर्देशन दिएको छ ।
कार्यकारी निर्देशक घिसिङले कैलाली र कञ्चनपुर क्षेत्रको विद्युत् आपूर्ति समस्या समाधान गर्न तत्काल र दीर्घकालीनरूपमा गर्नुपर्ने कामका लागि टोली नै बनाएर अध्ययन भइरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘३३ केभी क्षमताभन्दा बढी चलाउनुपरेका कारण खासगरी गर्मी मौसममा भोल्टेज, ओभरलोडलगायतका समस्या छ, यसको समाधानका लागि कैलालीको अत्तरिया सबस्टेसनबाट दक्षिण क्षेत्र हुँदै १३२ केभी लाइन र धनगढी आसपासमा १३२ केभी सबस्टेसन निर्माण तत्काल सुरु गर्न लागेका छौँ, कञ्चनपुरको पुनर्बास र बेलौरीलाई पनि १३२ केभी लाइनबाट जोड्ने छौँ, १३२ केभी लाइन केन्द्रमा आएपछि भोल्टेज, ट्रिपिङलगायतका समस्या हुँदैन ।’
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका