हाइफ्युचरको स्मार्टवाच

Read Time = 2 mins

काठमाडौं । हाइफ्युचर नेपालले हाइ फ्युचरफिट अल्ट्रा २ नामक स्मार्टवाच ल्याएको छ । हाइफ्युचर फ्युचरफिट अल्ट्रा २ को बोल्ड, ल्युमिनेसेन्ट वाच हृयान्डले गतिशीलरूपमा हाइफ्युचरको बलियो २४÷७ स्वास्थ्य अनुगमन र गतिविधि ट्र्याकिङ फिचर पढ्न सहज बनाउन १.८५ इन्च एचडी टिएफटी एलसिडी डिजिटल डिस्प्ले राखिएको छ । यसमा रहेको ब्याट्री ब्याकअप सबै ब्लुटुथ कलिङ, स्मार्ट नोटिफिकेसन्स र सबै स्वास्थ्य ट्र्याकिङ सुविधासहित सात दिनसम्म रहने कम्पनीको दाबी छ ।

स्मार्टवाचमा भएका ब्लुटुथ कलिङ, आइपी ६८ ग्रेडेड वाटरपु्रफ टेक्नोलोजी, अन्तरनिहित खेलकुद एप, बलियो स्वास्थ्य र वेलबिइङ सुविधाका साथै सात दिन ब्याट्री ब्याकअपले स्मार्टवाच कार्यक्षमताको नयाँ मानक तय गर्ने बताइएको छ । स्मार्टवाचमा २४ स्पोर्ट्स मोड रहेका छन् भने सिधै म्युजिक तथा क्यामरा कन्ट्रोल गर्न सकिनेछ । फोनकल, स्लिप मनिटर, हर्ट मनिटर, पेडोमिटरलगायतका अन्य फिचरसमेत रहेको कम्पनीले जनाएको छ । आठ हजार नौ सय ९९ रुपैयाँ पर्ने स्मार्टवाचमा एक वर्षको वारेन्टी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?