सानिमाको शैक्षिक कर्जा प्रमाणीकरण क्युआरबाटै

Read Time = 1 min

काठमाडौं । सानिमा बैंकले नेपालमै पहिलोपटक क्युआर कोड समाहित शैक्षिक कर्जा स्वीकृतिपत्र प्रयोगमा ल्याएको छ । विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न जाँदा विद्यार्थीले लिने शैक्षिक कर्जाको प्रमाणीकरण बैंकले विभिन्न निकायमा गर्नुपर्ने हुन्छ । उक्त प्रक्रिया सरल र छिटो गर्ने उद्देश्यले बैंकले क्युआर कोडसहितको कर्जा स्वीकृतिपत्र बैंकले ल्याएको जनाएको छ ।

हाल कर्जा स्वीकृतिपत्रको प्रमाणीकरण विभिन्न निकायबाट पटक-पटक फोन वा इमेलमार्फत् हुँदै आएकोमा अब कर्जा स्वीकृतिपत्रमा उल्लेखित क्युआर कोड स्क्यान गरी बैंकको आधिकारिक वेबसाइटमार्फत् विश्वको कुनै पनि स्थानबाट केही क्षणमा नै कर्जा प्रमाणित गर्न सकिने बैंकले जनाएको छ । बैंकले अधिकतम एक करोडसम्म आकर्षक ब्याजदरमा १५ वर्षसम्मको कर्जा प्रदान गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?