यस्तो छ तपाईंको मंसिर १९ गते सोमबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल मंसिर १९ गते सोमबार, ई.सं ५ डिसेम्बर, २०२२ । तिथि- मार्ग शुक्लपक्ष द्वादशी, नक्षत्र- अश्विनी, योग- परिघ, करण- वालव, चन्द्रराशि- मीन, सूर्योदयः ६ः४१, सूर्यास्तः १७ः०७ ।

मेष : शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।

वृष : मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ ।

मिथुन : मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।

कर्कट : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।

सिंह : सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।

कन्या : परिश्रम गरे अनुसारको उपलब्धि प्राप्त गर्न कठिनाइ हुनेछ ।

तुला : व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

वृश्चिक : लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइनेछ ।

धनु : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।

मकर : मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना छ ।

कुम्भ : रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।

मीन : सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?