सिन्धुलीका ३१ जना उम्मेदवारको जमानत जफत

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 6 mins

सिन्धुली । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका ३१ जना उम्मेदवारको जमानत जफत भएको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य निर्वाचनमा सिन्धुलीमा ४३ जना उम्मेदवारले भाग लिएका थिए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचनतर्फ २१ जना उम्मेदवारले भाग लिएकोमा १७ जनाको जमानत जफत भएको हो । त्यस्तै, प्रदेशसभा सदस्य निर्वाचनतर्फ २२ जना उम्मेदवारले भाग लिएकोमा १४ जना उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशतभन्दा कम मत आउने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । सोही आधारमा जिल्लाका ती उम्मेदवारहरूको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख पुष्पा झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-१ मा १२ जना उम्मेदवारले भाग लिएका थिए । तीमध्ये १० जना उम्मेदवारको जमानत जफत भएको छ । उक्त क्षेत्रमा कुल सदर मत ६० हजार ४२० थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी मेनुका ठकुरी दुई हजार ६९२ मत, जनता समाजवादी पार्टीका सोमनाथ अधिकारी १०९, राष्ट्रिय प्रजातन्त्र पार्टीका शालिग्राम माझी ९४० मत, नेपाल मजदुर किसान पार्टीका चित्रलाल श्रेष्ठ ८३ मत, मंगोल नेशनल अर्गनाइजेशनका धनकुमार राईले १३४ मत, नेकपा माक्र्सवादी (पुष्पलाल) हिरण्यलाल श्रेष्ठ ७७ मत, एकीकृत शक्ति नेपालका फणिन्द्रबहादुर श्रेष्ठ ३२१ मत, स्वतन्त्र उम्मेदवारहरू कृष्णहरि पौडेल २८ मत, डम्बरबहादुर विश्वकर्मा २१ मत र रामहरि बुढाथोकी २८ मत प्राप्त गरेर जमानत जफतमा पर्नुभएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-२ मा नौजना उम्मेदवारले भाग लिएका थिए । तीमध्ये सातजना उम्मेदवारको जमानत जफत भएको छ । उक्त क्षेत्रमा कुल सदर मत ५४ हजार २११ थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका भिष्मराज श्रेष्ठ एक हजार ३४० मत, नेपाल मजदुर किसान पार्टीका रामेश्वरी कोजू ४५ मत, तामसालिङ लोकतान्त्रिक पार्टीका डिल्लीकुमार गोले ८५ मत, मंगोल नेशनल अर्गनाइजेशनका शान्तवीर लामा ४३८ मत, जनसमाजवादी पार्टी नेपालका योग्यबहादुर मुडुला कार्कीको १२५ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहाल एक हजार ५५३ मत र स्वतन्त्र उम्मेदवार भुपेन्द्र विश्वकर्मा ७०१ मत प्राप्त गरेर जमानत जफतमा पर्नुभएको हो ।

त्यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ को प्रदेशसभा ‘१’ मा पाँचजना उम्मेदवारले भाग लिएका थिए । तीमध्ये तीनजना उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मत ३१ हजार ६१ रहेको थियो । जमानत जफत हुने राप्रपाका रामनारायण अधिकारी दुई हजार ९२ मत, नेपाल मजदुर किसान पार्टीका कृष्णसुन्दर मचामसी ५७ मत र स्वतन्त्र उम्मेदवार अन्पु अधिकारीलाई ५२६ मत प्राप्त भएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-१ को प्रदेशसभा ‘२’ मा छजना उम्मेदवारले भाग लिएका थिए । तीमध्ये चारजना उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रमा कुल सदर मत २९ हजार ८७८ छ । जमानत जफत हुने राप्रपाका राजेश मगर ४८० मत, नेपाल मजदुर किसान पार्टीका राजाराम बासी ६८ मत, मंगोल नेशनल अर्गनाइजेशनका छत्रबहादुर माझी १९२ मत र नेकपा माक्र्सवादी (पुष्पलाल)का भंmकनाथ दाहालको ११८ मत छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-२ को प्रदेशसभा ‘१’ मा पाँचजना उम्मेदवारले भाग लिएकोमा तीनजना उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रमा कुल सदर मत ३० हजार ९३८ छ । जमानत जफत हुने राप्रपाका राजेशबिक्रम बस्नेतको एक हजार ८०८ मत, नेपाल मजदुर किसान पार्टीकी संगीता दुवालको १३५ मत र मंगोल नेशनल अर्गनाइजेशनका वोजनकुमार वलको २१६ मत छ ।

निर्वाचन क्षेत्र नम्बर-२ को प्रदेशसभा ‘२’ मा छजना उम्मेदवारले भाग लिएकामा चारजना उम्मेदवारको जमानत जफत भएको छ । उक्त क्षेत्रमा कुल सदर मत २३ हजार ३२० थियो । जमानत जफत हुने राप्रपाका टलकबहादुर कार्कीको १७७ मत, नेपाल मजदुर किसान पार्टीका लक्ष्मण ग्वाछाको ३१ मत र मंगोल नेशनल अर्गनाइजेशनका तुलसीकुमार राईको २५१ मत र जनसमाजवादी पार्टी नेपालका हेमन्त पुलामीको ७१ मत छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?