हाम्रो देशका संसद् र सांसद

Read Time = 18 mins

✍️ मणि शर्मा

संयुक्त राष्ट्र संघले विभिन्न दिवसको नाममा पश्चिमा संस्कृति अरू देशमाथि थोपर्ने गर्दछ । प्रत्येक अल्प विकसित र गरिब देशहरूमा उसका दलालका रूपमा आइएनजिओ र एनजिओहरू उसका योजनाहरूलाई कार्यान्वयन गर्न तम्तयार रहन्छन् । अहिले महिला हिंसाविरुद्धको सोह्र दिने कार्यक्रममा यी संस्थाहरू र यिनका पछि लाग्ने संस्था तथा व्यक्ति सक्रिय छन् । यी विदेशी संस्थाहरू देशभित्र भित्रिनुअगाडि नेपालमा कुनै किसिमका हिंसाका घटनाहरू सुनिँदैन्थ्यो अपवादबाहेक । घटना तथा समस्याहरू यी पश्चिमा शक्तिको आर्थिक बलमा चल्ने संस्थाहरूले आफैँ सिर्जना गर्छन् र त्यसको निवारणको जिम्मा आफैँ लिन्छन् तर गलत तरिकाले ।

जति दिन र वर्षसम्म यी संस्था हाम्रो देशमा जीवित रहन्छन् तबसम्म यस्ता समस्या आई नै रहन्छ । पश्चिमा मोडलको हाम्रो शिक्षा पद्धति यस्ता समस्याहरूको दोषी हो । जबदेखि गुरुकुल शिक्षा पद्धतिलाई नष्ट गरी पश्चिमा शिक्षा पद्धति यहाँ लादियो त्यस दिनदेखि समस्याको जरा यहाँ गाडियो । गुरुकुलको नाश र पश्चिमा शिक्षाको आविर्भावले मुख्यतया तीन कुरामा नेपालको संस्कृतिमाथि आक्रमण गर्दै विद्यार्थीमाथि मनोवैज्ञानिक प्रभाव पारेको छ । चरित्रहीनता सखी प्रथा (गर्ल फ्रेन्ड संस्कृति), व्यभिचार (विवापूर्व सम्बन्ध) र रिलेसनसिपमा बस्नु । अवसाद र पश्चिमाको वैचारिक दासता ।

जब गुरुकुलबाट शिक्षा समाप्त गरी विद्यार्थीहरू बाहिर निस्कन्थे तब उनीहरूको उमेर पच्चीस वर्षको हुन्थ्यो । यस उमेरसम्म आउँदा उनीहरू मानसिक दुर्बलताको कारण अधोगामी भएर नैतिक पतन हुँदैनथे । गुरुकुलमा नर र नारी दुवैले शिक्षा ग्रहण गर्दथे । त्यस उमेरसम्म शुद्ध ब्रहृमचर्यको पालन हुने गर्दथ्यो । त्यहाँ गृहस्थाश्रमको पनि शिक्षा दिइन्थ्यो । शीलवान्, गुणवान्, नीतिवान्, धर्मसम्मत र कर्तव्यनिष्ठ हुने शिक्षा त्यहाँ दिइन्थ्यो । त्यहाँ वर्णाश्रम अनुसारको शिक्षा प्रदान गरिन्थ्यो । क्षत्रीयहरूलाई युद्ध शिक्षा र राजा हुने गुणहरूका बारेमा सिकाइन्थ्यो । अहिले केटा र केटीको सन्बन्ध भन्ने बित्तिकै त्यहाँ यौन सम्बन्ध आइहाल्छ ।

अहिलेको शिक्षा पद्धति भनेको बढीभन्दा बढी नम्बर ल्याएर पास हुनु मात्रै हो । उनीहरूलाई स्वाबलम्वन बन्ने शिक्षा दिइँदैन । डिग्री लिएर बाहिर आएपछि रोजगारीको सन्धानमा भौंतारिनु पर्दा उनीहरूमा अवसाद छाउँछ ।

गुरुकुलमा अध्ययन गरेकोमा यस्तो हुँदैन्थ्यो । प्रेम एउटा शाश्वत विषय हो । कृष्ण र कृष्णा अर्थात् द्रौपदी साक्ख्यै दाजुबहिनी थिएनन् तर तिनीहरूमा दाजुबहिनीभन्दा माथि मित्रताको सम्बन्ध थियो । कृष्णाको विवाहमा कृष्ण पनि थिए तर उनले मत्स्यको चक्षु वेधनमा कुनै चासो राखेनन् । बरु कृष्णको संकेतमा द्रौपदीले कर्णलाई सूतपुत्र भनेर अपमान गरेकी थिइन् । विवाहपूर्व कृष्ण र कृष्णा सखा थिए, विवाहपछि अर्जुन पनि सखामा सामेल भए ।

त्यहाँ कुनै वासना र विवाहोत्तर सम्बन्ध पनि थिएन । राजसूय यज्ञ सम्पन्न भएपछि पाण्डवहरू नातासम्बन्धीसँग गंंगा स्नानमा गएपछि तिनै सखाहरूले एकअर्कालाई पानी र रंग छ्याप्न सुरु गरे । भिजेका वस्त्रमा पनि कुनै स्त्रीलाई कुनै संकोच भएन । कसैको मनमा पाप वा वासना थिएन । यहाँ अर्जुन भन्छन् कुलीन पुरुषको दृष्टि ‘आनन्द विभोर’ हुन्छ जसमा कलुषित तथा निम्न विचारको स्थान हुँदैन । तर, अहिले पश्चिमा शिक्षा पद्धतिले कम उमेरमै केटाकेटीहरूको मन कलुषित पार्ने गर्छ । विद्यालयहरूमा छात्राहरूले लगाउने प्यान्ट, सर्ट, टाई, जुत्ताले शरीर प्रदर्शनमा कुनै असर बाँकी राखेको छैन । सर्ट लगाएका केटाहरूको ध्यान केटीको वक्षस्थलको उभारतिर जाने गर्दछ र केटीहरू पनि अङ्ग प्रदर्शनमा गौरवान्वित अनुभव गर्छन् ।

अवसाद, गुरुकुलमा जीवन कसरी जिउने हो शारीरिक तथा मानसिक रूपमा कसरी स्वस्थ्य रहने हो भन्ने शिक्षा दिइन्थ्यो । संघर्षका दिनहरूमा मनमा कुनै हीन भावना सिर्जना नहोस् भनेर शिक्षा दिइन्थ्यो । अहिलेको शिक्षा पद्धति भनेको बढीभन्दा बढी नम्बर ल्याएर पास हुनु मात्रै हो । उनीहरूलाई स्वावलम्वन बन्ने शिक्षा दिइँदैन । डिग्री लिएर बाहिर आएपछि रोजगारीको सन्धानमा भौंतारिनु पर्दा उनीहरूमा अवसाद छाउँछ । प्रेसर बढ्ने, डिप्रेसनमा जाने र कहिलेकाँही आत्महत्यासमेत गर्ने अवस्था आउँछ । श्रीकृष्ण र सुदामाको मित्रता गुरुकुलमा भएको थियो । त्यहाँ कुनै राजकुमार र कोही दरिद्र घरको कुमारको भेदभाव हुँदैनथ्यो । सबैले भिक्षाटन गर्नुपर्ने । एकै किसिमको वस्त्र, एकै किसिमको खाद्य, एकै किसिमको जमिनमाथि शयन । श्रीकृष्ण जब द्वारिकाधीश भए तब मथुराबाट सुदामा सखालाई भेट्न जान लाग्दा पत्नी सुशीलाले पतिलाई कनिकाको पोको कृष्णलाई पाहुर पठाएकी थिइन् । द्वारिका पुगेपछि सुदामा कनिकाको पोको कृष्णलाई दिन संकोच मानिरहेका थिए तर कृष्णले आफ्नो सखालाई भाउजूले मलाई पाहुर के पठाउनु भएको छ भनेर खोसेर लिए र त्यहाँ भएका कनिका मुट्ठीमा लिएर मीठो मानेर खाए । यो संस्कार उनलाई गुरुकुलले सिकाएको थियो । त्यहाँ राजा र रंकमा कुनै विभेद हुँदैनथ्यो ।

अश्वत्थामाबाट द्रुपद जीवन भरि अपमानित भई रहे, उसले उनको आधा राज्य दबाएर राखेको थियो । अवसाद त्यसलाई हुन्छ जसले नीतिविरुद्ध काम गर्छ । अश्वत्थामा अष्ट चिरञ्जीवीमा त परे तर अहिले पनि उनको जीवन दुःखदायी र नर्कतुल्य छ । अचेल विद्यालयहरूमा न त वेद पढाइन्छ न त नीतिशास्त्र । अब त शिक्षकहरू पनि अनैतिक, संस्कारविहीन भइसकेका छन् अनि शिश्यहरू कहाँबाट संस्कारी तथा नीतिवान बनून् । यो शिक्षा पद्धतिले विद्यार्थीहरूलाई वैचारिक दास बनाएको छ । अहिले मातापिताहरू पनि धन छ भने नगद लगाएर नभए ऋण काढेर भए तापनि छोराछोरीलाई कि त डाक्टर कि इन्जिनियर कि आइटी कि सिए, ल, नभए विदेशमा शिक्षाका लागि पठाउँछन् ।

डाक्टर भए कुनै धनपतिले खोलेको नर्सिङ होममा कुनै कुबेरको दास भएर उसको धनको अभिवृद्धिका लागि काम गर्छन् । इन्जिनियर भए सरकारी जागिर भए कसरी भ्रष्टाचार गरेर कमाउने, आफ्नो दुनो सोझो गर्नेमा लाग्छन्, कुन मन्त्रीको दासता स्वीकारी कमाऊ योजनामा सरुवा गराउन मन्त्रीलाई लाखौं रुपैयाँ खुवाउने वा व्यक्तिगत जागिर भए आफ्नो मालिकको धनको भकारी भर्न कसरी कमसल काम गरेर मालिक र आफ्नो दुनो सोझ्याउनमा लाग्छन्, एमबिए वा आइटी वा सिए गरेर कुने ठूलो उद्योगपतिको धनलाई कसरी बढाउने र कसरी उसको कालो धनलाई सेतो बनाउनेतिर लाग्छन् । सरकारी वकिल बने अपराधीलाई बचाउन भ्रष्टाचार गर्छन् ।

सार्वजनिक वकिल बने न्यायाधीशलाई सेटिङ गरेर मुद्दा जिताउँछन् वा नेताको चाकडी गरेर न्यायाधीश बनी नेताहरूको हरेक कुकर्मको संरक्षण गर्छन् । यस्तो मानसिक दासताले उनीहरूमा अवसाद बढ्छ, कुलत बस्छ र रोगव्याधिले च्याप्छ । यो म्याकेलेले थोपरिदिएको मानसिक दासता नभएर के हो ? महिला हिंसाको कुरा आइरहेको थियो जसका लागि शिक्षा पद्धति नै दोषी छ । महिला हिंसाको प्रसङ्ग आउँदा पूर्वी तराईमा विहारको देखासिकी दहेजको लागि अमानवीय हिंसा गरेको पाइन्छ । तर, यस्तोमा पहुँचवाला धेरै हुनाले उनीहरूमाथि कारबाही हुँदैन । एनजिओहरूले त कसैको घरमा लोग्ने स्वास्नीमा सामान्य झगडा भए त्यहाँ पुगेर त्यसलाई विकराल रूप दिँदै सम्बन्ध पारपाचुकेसम्म पु¥याएको देखिन्छ । लोग्ने स्वास्नीको झगडा परालको आगो भनिन्छ । यस्तो कुनै घर र्छैैन जहाँ लोग्ने स्वास्नीमा कहिले काँही ठ्याकठुक नपरेको होस् । तर, एनजिओहरूलाई अशिक्षित समाजमा यसलाई मुद्दा बनाउने गरेको चर्चा बहुचर्चित छ । बलात्कारको मुद्दामा अति विशिष्ट व्यक्तिहरूको संलग्नता भएको ठाउँमा त्यसलाई सामसुम पारिन्छ । वर्तमानमा हेर्ने हो भने निर्मला पन्तलगायत केही यस्ता मुद्दा छन् जो विशिष्ट व्यक्तिको संरक्षणमा भएकोले सामसुम पारियो तर पल शाह, सन्दीप लामिछाने जस्ता प्रसिद्धि पाएका व्यक्तिलाई कथित बलात्कारको ट्यापमा पारेर फसाइयो ।

शहरहरूमा मात्र होइन अचेल गाउँघरमा एनजिओहरूले यस्तै धन्दा चलाएका छन् । कुनै हुनेखाने वा अलिअलि धन सम्पत्ति भएका युवाहरूलाई बिग्रेकी केटी भिडाएर यौनसम्बन्ध राख्न लगाउने र पछि गएर सौदाबाजी गर्न लगाउने । सौदाबाजी नमिले तिनै एनजिओहरू बलात्कारको मुद्दा लिएर अगाडि बढ्ने गर्छन् । मैले किशोर अवस्थामा सुनेको एउटा समाचार । वर्षौं बित्यो । पेकिङको एउटा टोलमा एउटी युवती बलात्कृत भइछे । यो खबर चारैतिर फैलियो । कताकताबाट यो समाचार चेयरम्यान माओ कहाँ पुगेछ । उनी स्वयं पीडित केटीलाई भेट्न गए । उनले ती युवतीलाई सोधे जब तिमीलाई जबरदस्ती गरिरहेका थिए तिमी मद्धतका लागि कराइनौ ? केटीले होमा शिर हल्लाई ।
चेयरम्यान माओले केटीको शिरमा हात राख्दै मीठो स्वरमा भने मेरी छोरी भन त, तिमी के त्यही शक्तिले अहिले कराउन सक्छ्यौ ? केटीले सक्छु भनी । माओले आफ्नो जनसेनालाई आधा किलोमिटर टाढा सर्कलमा उभिन भने र केटीलाई भने अब तिमी फेरि एकपटक त्यही शक्तिले कराऊ । केटीले त्यस्तै गरी । माओले सेनाहरूलाई बोलाए र प्रत्येकसँग सोधे केटी कराएको सुन्यौै कि सुनेनौ ? सबै सैनिकहरूले भने सुन्यौँ ।

बलात्कारको मुद्दामा अति विशिष्ट व्यक्तिहरूको संलग्नता भएको ठाउँमा त्यसलाई सामसुम पारिन्छ । निर्मला पन्तलगायत केही यस्ता मुद्दा छन् जो विशिष्ट व्यक्तिको संरक्षणमा भएकाले सामसुम पारियो तर पल शाह, सन्दीप लामिछाने जस्ता प्रसिद्धि पाएका व्यक्तिलाई कथित बलात्कारको ट्यापमा पारेर फसाइयो ।

माओले आफ्ना सेनालाई आदेश दिए, यी केटी बलात्कृत भएको क्षेत्रको आधा किलोमिटर सेरोफेरोको क्षेत्रलाई घेरेर त्यो क्षेत्रका लोग्नेमान्छेलाई गिरफ्तार गर र तीस मिनेटसम्ममा अपराधी पत्ता नलागे सबै लोग्नेमान्छेलाई गोली हानिदेऊ । सेनाले चेयरम्यान माओको आदेशले त्यो क्षेत्रको घेराबन्दी गरेपछि माओको आदेश सुनाए र त्यहाँ रहेका सबै लोग्ने मान्छेलाई गिरफ्तार गरे । गिरफ्तार गरेको दश मिनेटमै अपराधी सामुन्ने आयो र उसलाई बीस मिनेटभित्रै माओका सम्मुख पेश गरियो । माओले त्यसको टाउकोमा गोली हान्ने आदेश दिए । सजाय दिने अवधि केवल तीन घण्टाको थियो । आज चीनमा बलात्कारी भेट्न गाह्रो छ तर नेपालमा माओका नाम बेच्नेहरू नै बलात्कारी र परस्त्री गमन तथा अपहरणकारी छन् ।

बलात्कार अपराध मानसिकताले गरेको हो वा प्रायोजित हो राज्यले चाहेमा पत्ता लगाउन सक्छ र तीन दिनभित्रै अपराधीलाई कानुनको घेराभित्र ल्याउँन सक्छ तर यहाँ राज्यसत्तामा बस्नेहरू नै त्यस्ता छन् । राज्यको ढुकुटीको बलात्कार गर्छन्, जनताको भावनाको बलात्कार गर्छन्, राष्ट्रको आफू पनि बलात्कार गर्छन् र विदेशी शक्तिकेन्द्रहरूलाई पनि बलात्कार गर्न दिन्छन् । बलात्कारी राज्य सत्ताबाट सक्कली बलात्कारीको पत्ता लाग्नु आकाशको फल हो । यहाँ आइएनजिओ र एनजिओलाई विभिन्न अधिकार र दिवसका नाममा विदेशीको कारिन्दा बनी उनीहरूले लगाए अह्राएको काम फत्ते गरेर धन आर्जन गर्नु मात्र छ ।

जुन देशमा राजाले न्याय पाएनन्, प्रधान न्यायाधीशले न्याय पाएनन् त्यो देशमा पीडित जनताले न्याय कहाँबाट पाउनु ? भर्खर सम्पन्न आमनिर्वाचनमा पाँच प्रतिशत मात्र इमानदारीपूर्वक जितेका छन् । अब त प्रधानमन्त्री बनाउने जिम्मा अमेरिकाले इण्डियालाई पेटी ठेक्का दिएको कुरा त एसडी मुनिले घुमाउरो पाराले भनिसकेका छन् । त्यसैले यहाँ कथित लोकतान्त्रिक आमनिर्वाचनको दुहाई नदिए हुन्छ । त्यसैले हाम्रो देशमा न त संसद छ, न त सांसद नै छन् । यहाँ मन्त्रिपरिषद् छैन छ त केवल शक्तिकेन्द्रहरूले नियुक्त गरेका बोर्ड मेम्बर्समात्र छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?