यु-१९ क्रिकेटः उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौंमा जारी यु-१९ क्रिकेटमा आज फाइनल खेल हुँदैछ । फाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछ ।

उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम प्रदेशबीच प्रतिष्पर्धा हुँदछ । समूह चरणको खेलमा अपराजित रहँदै साबिकको उपविजेता सुदूरपश्चिम फाइनल पुगेको हो भने डिफेन्डिङ च्याम्पियन लुम्बिनी भने समूह चरणका ६ मध्ये ५ खेलमा विजयी भएर फाइनलको यात्रा तय गरेको हो ।

प्रतियोगितामा प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रदेश–१, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउनेछन् । यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?