दोलखामा माओवादीका गंगा कार्की विजयी, एमालेका बालकृष्ण ३१७ मतान्तरले पराजित

हिमालय टाइम्स
Read Time = 2 mins

दोलखा । दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की निर्वाचित हुनु भएको छ ।

उहाँले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्नु भएको हो । कार्कीले ३६ हजार ७९९ मत प्राप्त गर्नुभयो ।

एमालेका शिवाकोटीले ३६ हजार ४८२ मत ल्याउनु भयो । कार्कीले ३१७ मतान्तरले चुनाव जित्नु भएको छ ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३ हजार ७९३ मत ल्याउँदा राप्रपाका विजय खड्काले १ हजार ५६१ मत प्राप्त गर्नु भएको छ ।

यहाँ कुल ८४ हजार ४४८ मत खसेको थियो । जसमा ३४७९ मत बदर भएको बताइएको छ ।

प्रदेशसभातर्फ भने आइतबार नै क्षेत्र १ मा कांग्रेसका केन्द्रीय सदस्य कुण्दनराज काफ्ले र २ बाट एमालेका भरत केसी निर्वाचित भइसक्नु भएको छ ।

काफ्लेले भारी मतान्तरले एमालेका नरबहादुर श्रेष्ठलाई पराजित गर्नु भएको छ भने केसीले कांग्रेसका बर्मा लामालाई पछि पार्दै जित निकाल्नु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?