रुपन्देहीमा ट्याक्टरले किच्दा सहचालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका-२ रिङरोडमा आइतबार ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरका सहचालक सैनामैना-४ झारबैराका ६० वर्षीय ठगे थारु रहेकाे प्रहरीले जनाएको छ ।

उनको तिनाउ अस्पताल बुटवलमा उपचार क्रममा मृत्यु भएको हो । आइतबार साँझ लु २ त ६१८५ नम्बरको  ट्याक्टरबाट खसेका थारुलाई सोही  ट्र्याक्टरको पछाडिको चक्काले किचेको थियो ।  ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रन्यौराले  जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?