अवैध गाँजासहित २ जना पक्राउ

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सर्लाहीमा अवैध गाँजासहित २ जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका-४ शिवसागर चोकबाट २ केजी ५ सय ग्राम अवैध गाँजासहित लालबन्दी नगरपालिका-५ का २० वर्षीय हिमाल पाण्डेय र अन्य दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो  ।

अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको टोलीले प्रदेश २-०२-००३ प १७०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा अवैध गाँजासहित मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान  भइरहेको प्रहरीले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?