निर्वाचनपछि सत्ता गठबन्धनमा आबद्ध दलहरूको पहिलो बैठक बालुवाटारमा सुरू

फाइल फोटो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सत्तागठबन्धनमा आवद्ध दलका नेतृत्वहरूको यो पहिलो बैठक हो ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्टिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलसहित कांग्रेस नेताहरू रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का र कृष्ण सिटौला, एकीकृत समाजवादीका वेदुराम भुसाल, माओवादीका नेताहरू नाराणकाजी श्रेष्ठ, देव गुरुङको उपस्थिति छ ।

बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने बताइएको छ ।

यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५७ र माओवादी केन्द्रले १८ स्थानमा विजयी भएका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) १०, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?